१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

बसको ढोकाबाट खसेर वृद्धको मृत्यु

प्रताप विष्ट

हेटौडा — यात्रुबाहक बसको ढोकाबाट खसेर एक वृद्धको बिहीबार मृत्यु भएको छ । 

बसको ढोकाबाट खसेर वृद्धको मृत्यु

ठिंगनवाट हेटौडातर्फ आइरहेको ना ३ ख २९८४५ नम्बरको बसको ढोकाबाट खसेर मकवानपुर गढी गाउँपालिका–२ का ६० वर्षीय प्रेमबहादुर भुजेलको मृत्यु भएको हो ।

बसको ढोकाबाट खसेर घाइते भएका भुजेलको चुरेहिल अस्पतालमा उपचार गर्ने क्रममा मृत्यु भएको प्रहरी नायब उपरीक्षक नरेशकुमार सिंहले बताए ।

प्रकाशित : भाद्र २८, २०७५ १६:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?