२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

राजमार्ग सफाइ अभियान चलाइँदै

हरिहरसिंह राठौर

काठमाडौँ — पृथ्वीराजमार्ग छेउछाउका स्थानीय निकायहरू राजमार्ग सरसफाइमा जुटेका छन् । चितवनको इच्छाकामना मुग्लिनदेखि धादिङको बेनीघाट गाउँपालिकाले राजमार्ग स्वच्छता र सरसफाइको अभियान नै थालेका छन् । गजुरी, गल्छी, थाक्रे गाउँपालिका र धुनीबेंसी नगरपालिका तयारीमा छन् ।

राजमार्ग सफाइ अभियान चलाइँदै

‘राजमार्गमा प्लास्टिक न्यूनीकरण गरी सफा राख्न र सुन्दरता वढाउन पनि हामीले स्वच्छता अभियानको थालनी गरेका हौं,’ इच्छाकामना गाउँपालिका अध्यक्ष गीताकुमारी गुरुङले भनिन् ।


‘नारायणगढ–मुग्लिन सडक विस्तारसँगै सवारी चाप पनि वृद्धि भएकाले बिहानीपख लामो दूरीबाट आएका चालकहरूलाई आराम गर्ने कक्षको पनि तत्काल व्यवस्था गर्दछौं ।’ उपाध्यक्ष कतिकुुमार श्रेष्ठले भने । उपाध्यक्ष श्रेष्ठका अनुसार ‘पानी धारा, चिया, सवारी साधनमा रहेको फोहोर व्यवस्थापन गर्ने स्थलसहित कालीखोलामा चालक आराम कक्षको व्यवस्थापनमा जुटेका छौं ।

देशभरका ७० जिल्ला र छिमेकी देश भारतबाट समेत दैनिक दसौं हजार सवारी साधनहरू गुड्ने अतिव्यस्त राजमार्गलाई स्वच्छ र सफा राख्न स्थानीय निकायहरूले प्रचारात्मक तथा चेतना जगाउने खालका कार्यक्रमहरूबाट अभियान सुरु गरेका छन् । ‘हामीले गुरुपूर्णिमा, तीज, पञ्चमीका स्थानीय भदौरे मेलाहरूबाट नै राजमार्ग स्वच्छता अभियान थालनी गरिसकेका छौं,’ धादिङ बेनीघाट रोराङ गाउँपालिका अध्यक्ष पित्तबहादुर डल्लाकोटीले बताए ।

इच्छाकामनाले गत २८ गते देखि कुरिनटारमा सञ्चालित प्रथम इच्छाकामना महोत्सव र बेनीघाटले गत २७ गते चरौदीमा आयोजित तीज विशेष कार्यक्रममा राजमार्ग स्वच्छता र सरसफाइका लागि छन्दमय कवितामार्फत चेतना जगाउन युवाकवि सुदेश सत्याललाई प्रयोग गरेका थिए । कवि सत्यालले महिला हिंसा विरुद्धका आफ्ना लोकप्रिय कवितासहित राजमार्गको स्वच्छता जोगाउन सन्देशमूलक कविता वाचन गरेका थिए ।

मुग्लिनदेखि काठमाडौंसम्मको ९६ किमि पृथ्वीराजमार्गमा यात्रुले बिर्को बन्द गरेर झ्यालबाट फ्याँक्ने पानीका रित्ता बोतलहरूले त कतिपय बेला मोटरसाइकल सवारहरूलाई दुर्घटनामै पारेका छन् । काठमाडौंस्थित प्रकृति संरक्षण अभियान नेपाल नामक गैससले राजमार्ग स्वच्छता अभियान सञ्चालनको सहकार्य गरेको छ ।

प्रकाशित : आश्विन १, २०७५ ०७:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?