कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

नुवाकोट निर्माण व्यवसायी संघमा अधिकारी 

कृष्ण थापा

नुवाकोट — नुवाकोट निर्माण व्यवसायी संघको आठौं जिल्ला अधिवेशनबाट सुमन अधिकारीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएकाे छ ।

नुवाकोट निर्माण व्यवसायी संघमा अधिकारी 

सोमबार बिहान अधिकारीको अध्यक्षतामा कार्यसमिति निर्वाचित भएको निर्वाचन अधिकृत आत्माकुमार शाहले बताए । उनका प्रतिद्वन्द्वी कृष्णप्रसाद थपलिया थिए ।


आइतबार भएको मतदानमा अधिकारीले २ सय ३१ मत पाए भने थपलियाले १ सय ५९ मत पाएका थिए । त्यसैगरी वरिष्ठ उपाध्यक्ष शैलेन्द्रराज प्याकुरेल, प्रथम उपाध्यक्ष गणेशबहादुर तामाङ, व्दितीय उपाध्यक्ष पशुपति थापा, महासचिव रमेश बस्नेत, उपमहासचिव गोकर्ण थपलिया, सचिव रामसिं लामा, सहसचिव भगवान अधिकारी, कोषाध्यक्ष राजकुमार श्रेष्ठ र सहकोषाध्यक्ष शिवलाल श्रेष्ठ रहेका छन् ।


त्यसैगरी सदस्यहरुमा रमेश बोगटी, शरणघले तामाङ, राजनप्रसाद जमकटेल, रामचन्द्र श्रेष्ठ, श्यामबहादुर तामाङ, श्रीराम तामाङ, दशरथ थापा, विक्रम घले, विनोद थापा, काजिमान डंगोल, कुमार गौतम छन् ।


अध्यक्ष अधिकारीले आफ्नो कार्यकाल दोहोऱ्याएका छन् । सदस्यहरुमा कुमारप्रसाद गौतम र जीवन महर्जनले बराबर मत ल्याएका थिए । उनीहरु दुवैलेमा सहमति भएपछि महर्जनले गोलाप्रथा नगरी गौतमलाई सदस्य पद छाडेको निर्वाचन अधिकृत शाहले बताए । निर्वाचनमा ४ सय ३७ मत खसेको थियो भने ४ सय ७९ मतदाता रहेका थिए ।

प्रकाशित : आश्विन १, २०७५ १०:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?