२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

पशुपन्छी अनुगमनमा मरेका बाख्रा भेटिए  

हरिहरसिंह राठौर

धार्के(धादिङ) — तपाईं हामीले काठमाडौंमा खाने गरेको मटन अर्थात् खसीको मासु बाख्राको पनि हुन सक्छ किनकी अधिकांश यात्रुबाहक बसमा विभिन्न जिल्लाबाट अस्वस्थ बाख्रा ल्याइने गरेको पाइएको छ ।

पशुपन्छी अनुगमनमा मरेका बाख्रा भेटिए  

देशका विभिन्न भागबाट राजधानीमा आयात गरिने पशुपन्छी ढुवानीमा बेतिथी र मापदण्ड विपरीतका कार्य फेला परेका छन् ।

गत आईतबार रातिदेखि बिहानसम्म धुनीबेंसीको धाक्रेमाा वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग र पशु स्वास्थ्य विभागले पृथ्वीराजमार्गबाट काठमाडौं भित्रिने पशुपन्छीको ढुवानी र ओसार पसारको स्थलगत अनुगमन गरेको थियो ।

उक्त अनुगमनमा यात्रुबाहक बसको डिकीमा खसी भनेर बाख्रा ल्याइएको पाईएको छ । कतिपय बाख्राहरु बसको डिकीमै मरेका समेत भेटिए ।


झापाबाट काठमाडौं आउँदै गरेको ना ५ ख ४९० नम्बरको यात्रुबाहक बसको डिक्किमा कोचाकोच गरी ल्याइएका २४ मध्ये १७ वटा बाख्रा थिए भने एउटा मरेको फेला परेको थियो । को १ च १७८१ नम्बरको बोलेरो जिप क्वारेन्टटाईनममा लेखिएको तर बाख्रा र खसी बसमा ढुवानी गरेको पाईएको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका वरिष्ठ अधिकृत खगेन्द्र राज जोशीले बताए ।


अधिकांश बसले यसै गरी बाख्रा ओसारपसार गर्दै अएका छन् । ओसारपसार गरिने घरपालुवा पशुहरु स्वस्थ र स्त्रीचौपाया नभएको र प्रजनन क्षमता पनि नरहेको भन्दै पशु सेवाका डाक्टरले मनखुशी क्वारेन्टटाईन बनाई सिफारिस गरेको पाईएको छ । उनीहरु फिल्डमा नगएर सिधै क्वारेन्टाईन सिफारिस गरिदिने गरेका छन् ।


'पशुहरुको स्वस्थ्य परीक्षण गर्ने पशु चिकित्सकहरुले यसो गर्न पाइँदैन । गरेमा पशु ऐन २०६४ अनुसार २४ घण्टाभित्र उपस्थित हुने र दण्ड जरिवाना र लाईसेन्स जफत गर्ने नियम छ ।' पशु स्वास्थ्य विभागका अधिकृत हरि कडेँलले बताए ।


बसका कन्डक्टर भने आफूहरुले १० वटा खसी डिकीमा राखेर ल्याएको तर यात्रुलाई कुनै अवरोध नगरेको र साना व्यावसायीहरुले थोरै ल्याउन पाउनुपर्ने बताए ।


५ वटा ट्रक, ७ वटा बस, एउटा मिनी ट्रक र ५ वटा जिपमा अनुगमन गरिएको थियो । सबै जसोले मापदण्ड पुरा नगरेको कार्यालयले जनाएको छ । अनुगनमाका क्रममा राँगा, भैंसी बोक्ने ट्रकले भने पुच्छर मुख बाँधेर यातना दिई ल्याएको पाईएको थियो । यस्ता ट्रकलाई पनि कागजात जफत गरी वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले कारबाहीका लागि पत्र काटेको छ ।

प्रकाशित : आश्विन १, २०७५ १६:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई के गर्नुपर्छ ?