२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७९

चालकले चालक सुधार्दै

काठमाडौँ — भीमेश्वर नगरभित्रका यातायात चालकहरूले पेसागत छवि सुधारको सन्देश दिन अभियान सुरु गरेका छन् । यातायात मजदुरहरूको यात्रुमाझ बिग्रँदो छविलाई सुधार्न उनीहरूले आफूले आफ्नै सुधारका लागि जनचेतना कार्यक्रम सञ्चालन थालेका छन् ।

चालकले चालक सुधार्दै

नेपाल यातायात स्वतन्त्र मजदुर भीमेश्वर नगर कमिटीले ‘म जिम्मेवार यातायात मजदुर’ कार्यक्रम मंगलबारबाट लागू हुने गरी शुभारम्भ भएको घोषणा पनि गरे ।

उक्त कार्यक्रमअन्तर्गत मादक पदार्थ सेवन गरेर सवारीसाधन चलाएको छैन भन्ने सन्देश यात्रुलाई दिइनेछ । सवारी चलाउन अघि यात्रुलाई उक्त जानकारी दिइनेछ । ‘म मोबाइल फोन चलाउँदिनँ तपार्इंहरू ढुक्कले यात्रा गर्नुहोस्,’ यात्रा प्रारम्भ हुनुपूर्व यात्रुलाई यात्रामा कुनै व्यवधान नल्याइने जानकारी गराउने अभियान चालकहरूले ल्याएका छन् ।

उनीहरू पहिलो चरणमा महिला, बालबालिका अशक्त वृद्धवृद्धालाई सम्मान गर्न प्रतिबद्धता सार्वजनिक गरेका छन् । खलासी भन्दै बालश्रम प्रयोग नगर्ने वाचा गरेका छन् । तीव्र गतिमा सवारी चलाउँदिनँ, तोकिएको भन्दा बढी भाडा लिन्नँ, सबैसँग सभ्य भाषा प्रयोग गर्छु र ट्राफिक नियमको पालन गर्छु भन्ने प्रतिबद्धतासहितको स्टिकर पनि आ–आफ्नो सवारीसाधनमा टाँसेका छन् ।

नेपाल यातायात स्वतन्त्र मजदुर ३ नम्बर प्रदेशका सदस्य विष्णु थापाले भीमेश्वर नगरभित्रका चालकहरूले स्वस्फुर्त रूपमा उक्त अभियान सुरु गरेको बताए । पेसाप्रति जिम्मेवारी हुने र यात्रुमाझ असल छवि विकास गर्न नगरभित्रका सबै चालक एकमत भएका उनले बताए ।

उक्त अभियानअन्तर्गत हालसम्म दोलखामा सञ्चालन हुने साना तथा ठुला एक सय सवारीसाधनका चालकहरू सहभागी भइसकेका छन् । जिल्लाभरिको चालकको पेसागत चालनचलन सुधार्दै यात्रुमैत्री बनाउने कार्यक्रमको लक्ष्य छ ।

प्रकाशित : आश्विन ३, २०७५ ०८:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?