कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८१

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, २ घाइते

चालकहरुको हडतालले सर्वसाधारणहरु मर्कामा
हरिहरसिंह राठौर

धादिङ — थाक्रे गाउँपालिका-७ दुबेखोलास्थित पृथ्वीराजमार्गमा भएको मोटरसाईकल दुर्घटनामा एकजनाको मृत्यु भएको छ । खानीखोलाबाट गजुरी तर्फ जाँदै गरेको बा ७९ प ७२६५ नम्बरको मोटरसाइकल अनियन्त्रित हुँदा मोटरसाइकलमा सवार ३ जनामध्ये एकजनाको उपचारको लागि अस्पताल लैजाँदै गर्दा मृत्यु भएको छ।

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, २ घाइते

धुनीबेंसी नगरपालिका निवासी १८ वर्षीय अनिल लामाको उपचारका लागि अस्पताल लैजाँदै गर्दा मृत्यु भएको खानीखोला प्रहरी कार्यालयका प्रहरी निरीक्षक उद्धव पोखरेलले बताए । अन्य २ जना सख्त घाइते छन् । धुनिबेंसी-८ बस्ने १७ वर्षका सौगात खड्का र १९ वर्षका सुमन श्रेष्ठलाई थप उपचारको काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।


नयँ मुलुकी अपराधसंहिता तथा यातायात व्यवस्था ऐनमा भएको सजाय पुनरावलोकनको माग गर्दै गत मंगलबारदेखि चालकहरुले देशव्यापी हडताल गरेपछि उनीहरु एकै मोटरसाईकलमा ३ जना चढेका थिए ।


गत मंगलबार जिल्लाका सार्वजनिक यातायातका चालकहरुले प्रजिअ भगीरथ पाण्डेयलाई सवारी चालक अनुमती पत्र बुझाई हडतालमा उत्रेका हुन् । चालकहरुले हडतालमा उत्रेर टिकट बेचिसकेका सवारीसाधनहरुलाई पनि गुड्न दिएका छैनन्।


चालकहरुले हडताल गरे पछि जिल्लाबाट काठमाडौं लगायतका जिल्लाहरुमा निर्यात हुने टमाटर लगायतका तरकारी बारीमै सडेको छ ।

प्रकाशित : आश्विन ३, २०७५ १२:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?