कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

ढुंगाखानीले जमिन फाट्यो

११ घर जोखिममा

धादिङ — ढुंगाखानीमा प्रयोग गरिने ठूला उपकरणले गजुरी २, चामबाँसको बाह्रबिसे गाउँमा जमिन चिरा परेको छ । जताततै जमिन र घरका आँगनहरू फाट्न थालेपछि खानीमाथि रहेका ११ घर जोखिममा परेका छन् ।

ढुंगाखानीले जमिन फाट्यो

गाउँका अधिकांशको आँगन चिरिने क्रम बढदै गएपछि स्थानीयले असुरक्षित भएको भन्दै स्थानान्तरणका लागि आग्रहसमेत गरेका छन् । बस्तीभन्दा केही तल रहेको पृथ्वी राजमार्गको खाली जग्गा र निजी जग्गामा ४० वर्ष अघिदेखि सञ्चालित स्लेट ढुंगाखानीका कारण बस्ती जोखिममा परेको गाउँपालिकाको प्रारम्भिक अध्ययनले जनाएको छ । उक्त स्थानमा नारायण पाण्डे, रामप्रसाद पाण्डे र यदु पाण्डेले स्लेट ढुंगा खानी सञ्चालन गर्दै आएका छन् ।

स्थानीयको दबाब र जिल्ला प्रशासन कार्यालय धादिङको निर्देशनमा गत ६ महिनादेखि ढुंगा निकाल्ने काम रोकिएको थियो । खानी रोकिएको भए पनि अविरल वर्षाले सातायतादेखि बस्तीमा जताततै धाँजा फाट्न थालेको पीडित धर्मबहादुर तामाङले बताए । बस्ती पुनस्र्थापना गर्नुपर्ने अवस्था आएको गजुरी गाउँपालिका अध्यक्ष राजेन्द्रविक्रम बस्नेत बताउँछन् । गाउँमा ४ इन्च चौडा र २ फिट गहिराइसम्मको धाँजा फाटेको स्थानीय मीना तामाङ बताउँछिन् ।

बस्ती नै जोखिममा पर्ने अवस्था आएको भन्दै सहयोगका लागि गजुरी गाउँपालिका पुगेको स्थानीयलाई गाउँपालिका प्रमुख बस्नेतले यस विषयमा माथिल्लो तहका निकायसँग तत्काल समन्वय गरी निकास खोज्ने बताए ।

प्रकाशित : आश्विन ६, २०७५ ०८:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?