कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

गाउँगाउँमा ‘मृगौला जाँचौं अभियान’

रामेछाप — वरिष्ठ मृगौला रोग विशेषज्ञ ऋषिकुमार काफ्ले सर्वसाधारणको मृगौला जोगाउने अभियान लिएर गाउँ पसेका छन् ।‘धेरैलाई मृगौला के हो र यसले के काम गर्छ ? भन्ने नै थाहै छैन,’ डा. काफ्ले भन्छन्, ‘अभियानका क्रममा म त्यही कुरा बुझाउँछु, मृगौला जाँचौं भन्छु ।’

गाउँगाउँमा ‘मृगौला जाँचौं अभियान’

उनले नेपालमा जनचेतना अभावमा बर्सेनि हजारौं मृगौलापीडित बढिरहेका बताए ।

उनले आफ्नो संक्षिप्त प्रचार सामग्री पनि तयार पारेका छन् । भित्तामा एउटा फेक्स झुन्डयाउँछन् र मृगौलाबारे साधारण र सरल शैलीमा बुझाउन थाल्छन् । भिडियो देखाउने मौका मिल्यो भने त्यसबाट पनि बुझाउँछन् । उनले यो अभियान ३० वर्षदेखि चलाइरहेका छन् । उनको यो अभियानमा जोडिएका केही थाके, कोही छुटे तर काफ्ले अझै उत्तिकै सक्रिय छन् । ‘मैले उपचार गरी पैसा कमाउनेभन्दा पनि मृगौला बचाउने अभियान चलाए भने धेरैलाई स्वस्थ्य राख्न सक्छु भन्ने लाग्छ,’ उनले भने । मृगौला कस्तो छ भनेर परीक्षण गर्न खर्चिलो नभएको उनी बताउँछन् । ‘रगत र पिसाब जाँचे पुग्छ,’ उनले भने, ‘जुन परीक्षण सामान्य ल्याबमा पनि हुन्छ ।’ तर जब मृगौला बिग्रन्छ, त्यसको उपचार झन्झटिलो रहेको उनको भनाइ छ । सरकारले पछिल्लो समय मृगौला प्रत्यारोपण र रगत शुद्धीकरणका लागि नि:शुल्क व्यवस्था मिलाएको छ । रोग थाहा लागेपछि बाँचुन्जेल डायलोसिस गर्नुपर्छ । डाइलोसिस नि:शुल्क भए पनि औषधि किन्ने, कहाँ बस्ने, कसले कुर्नेलगायत कुरा व्यावहारिक छैनन् ।

सातामा २/३ पटक गर्नुपर्ने डाइलोसिस कसैका लागि सजिलो नरहेको उनी बताउँछन् । काफ्ले यही अभियान लिएर आजभोलि जिल्लाका गाउँगाउँ चहार्दै छन् । केही महिनापछि मन्थलीस्थित तामाकोसी सहकारी अस्पतालबाट मृगौलाको उपचार सेवा थाल्ने योजना रहेको उनले सुनाए । मलेसिया र ताइवानको चुजी फाउन्डेसनको सहयोगमा डाइलोसिस सेवा सञ्चालन हुन थालेको हो ।

अभियानमा जोडिनेले वार्षिक ५ सय रुपैयाँ तिर्नुपर्छ । उक्त रकम मृगौला रोगबारे जनचेतना जगाउन र परीक्षण शिविर लागि खर्चने उनले बताए । काठमाडौंका अस्पतालमा बस्दा कमाइ हुने पैसा र मान प्रतिष्ठा छाडेर थोरै भए पनि मृगौला बचाउने अभियानमा समय मिलाएर गाउँ पसेका उनले विलासी जीवन र खानपानले पछिल्लो समय सहरी क्षेत्रमा मृगौला रोगी बढ्दै गएको बताए । नेपालमा झन्डै ३० लाख मृगौलासम्बन्धी रोगी भएको उनको दाबी छ ।

प्रकाशित : आश्विन ६, २०७५ ०८:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?