कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २६४

मेलम्चीको सिमेन्ट पसलमा

सिन्धुपाल्चोक — मेलम्ची खानेपानी आयोजनाका लाग ल्याएइको सिमेन्ट चालकले तारामाराङको एक पसलमा बेचेको खुलासा भएको छ ।

मेलम्चीको सिमेन्ट पसलमा

ना ५ ख १०२७ नम्बरको १० चक्के ट्रकमा ल्याइएको उक्त सिमेन्ट ओजानको स्टोरमा बुझेको देखाएर बाहिर बिक्री गरेको प्रहरीले जनाएको छ । आयोजनाको मुहानस्थित अम्बाथानमा ३ सय ४० बोरा सिमेन्ट अनलोड गराएको भर्पाइ गराएर चालकले गत २ गते सिमेन्टसहितको ट्रक राजधानीतर्फ लगेका थिए ।

मेलम्ची प्रहरीका अनुसार ट्रकको टायर पन्चर भएपछि चालकले उक्त सिमेन्ट स्थानीय तारामाराङको पसलमा बेचेका थिए । पसलेको नाम भने प्रहरीले बताएको छैन । यो सूचनाका आधारमा मेलम्ची प्रहरीले पसलबाट सिमेन्ट नियन्त्रणमा लिएको हो ।

प्रहरी निरीक्षक परशुराम मल्लका अनुसार ट्रकसहित चालक भने फरार छन् । स्टारका कर्मचारीले सिमेन्ट बुझेको भन्दै बिलमा छाप लगाएर पठाएको छ । कर्मचारीमाथि पनि छानविन गरिने प्रहरीले जनाएको छ ।

प्रकाशित : आश्विन ७, २०७५ ०७:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?