१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

तस्करी रोक्न सुरक्षाकर्मीलाई तालिम

बलराम घिमिरे

रसुवा — सवारीसाधनबाट हुने चोरी/तस्करी रोक्न सुरक्षाकर्मीलाई तालिम दिइएको छ । ‘फल्स बटम’ बनाएर चोरी/तस्करी हुने क्रम बढेपछि रसुवागढी नाकामा खटिने सुरक्षाकर्मीलाई तालिम दिइएको प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेलले बताए ।

तस्करी रोक्न सुरक्षाकर्मीलाई तालिम

‘नाका र निकुञ्जभित्र हुन सक्ने अवैध क्रियाकलाप रोक्न सुरक्षाकर्मी दक्ष हुनुपर्छ,’ उनले भने । तस्करले सामग्री ओसारपसार गर्दा सवारीसाधनमा फल्स बटम बनाएर ल्याउने गरेका छन् । कुन सवारीसाधनमा कहाँ–कहाँ फल्स बटम हुन्छ भन्ने सुरक्षाकर्मीले बुझ्न जरुरी छ, ।

तस्करले सवारीसाधनबाट नयाँ नयाँ तरिका अपनाएर तस्करी गर्ने भएकाले रोक्न सुरक्षाकर्मीलाई तालिम सञ्चालन गरिएको हो पौडेलले भने । तालिममा चीनसँग नाका जोडिएको रसुवागढी क्षेत्रमा खटिएका नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनाको र राष्ट्रिय अनुसन्धानका सुरक्षाकर्मी छन् ।

लाङटाङ राष्ट्रिय निकुञ्ज र जिल्ला प्रशासन कार्यालयले संयुक्त रूपमा दुईदिने तालिमको आयोजना गरेका हुन् । निकुञ्ज क्षेत्रभित्र अवैध नियन्त्रण गर्नका लागि तालिमको आयोजना गरिएको लाङटाङ राष्ट्रिय निकुञ्जले बताएको छ । तस्करले दुर्लभ वन्यजन्तु र वनस्पति ओसारपसार गर्न गाडीको प्रयोग गर्दै आएको लाङटाङ राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत युवराज रेग्मीले बताए । उनले भने नयाँ नयाँ तरिका अपनाउँदै फल्स बटम बनाएर ल्याउँदा सुराकी पाए पनि पक्राउ गर्न कठिन हुन्छ ।

तस्करले कस्ता–कस्ता स्थानमा फल्स बटम बनाएर लुकाउन सक्छन् भन्ने सवारीसाधनका सम्भावित ठाउँका बारेमा सुरक्षाकर्मीलाई प्रयोगात्मक अभ्याससमेत गराइएको थियो । कुन–कुन वस्तु अवैध हो भन्ने पनि सुरक्षाकर्मीले थाहा पाउनुपर्छ ।

रसुवागढी नाका सञ्चालनमा आएसँगै आर्थिक क्रियाकलाप बढेको छ । नाकाबाट यसअघि पनि पटक पटक सुन, दुर्लभ वनस्पति तथा वन्यजन्तुका ओखेटोपहार र रक्तचन्दन बरामद गरिएको छ । तस्करले सिटमुनि, सेलिङ, गेयर बक्स, फोर्ड, ड्यास बोर्ड, कार्पेटमुनि, साइलेन्सर, टायर, ट्यांकीलगायतका ठाउँमा सामग्री लुकाउने प्रशिक्षक नरेन्द्र दासले बताए । ‘सवारीसाधनको धेरै ठाउँमा फल्स बटम बनाउन मिल्छ’, उनले भने यसका लागि चेकजाँच गर्दा विशेष ध्यान दिनुपर्छ ।

प्रकाशित : आश्विन ८, २०७५ ०७:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?