२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६७

शिशु हत्या आरोपमा आमा पक्राउ 

कृष्ण थापा

नुवाकोट — अवैध गर्भधारणबाट जन्मिएको  शिशुकाे हत्या गरेकाे आरोपमा आमालाई पक्राउ गरिएको छ । सूर्यगढी गाउँपालिका–१ स्थित भगेरीमा परपुरुषसँग सम्पर्क पछि जन्मिएकाे शिशु मारेको आरोपमा २२ वर्षीया सम्झना व्लोन तामाङ पक्राउ परेकी हुन ।  

शिशु हत्या आरोपमा आमा पक्राउ 

तामाङका श्रीमान् विजय मुक्तान वैदेशिक रोजगारीका सिलसिलामा साउदीमा छन् । उनले आफ्नै घरको शौचालयभित्र शिशु जन्माएर हत्या गरेको प्रहरीले जनाएको छ । मृतक शिशुलाई घरदेखि १ सय मिटर डाँडामा खाल्टोमा पुरेकी थिइन् ।


तामाङलाई सदरमुकाम विदुरस्थित जिल्ला प्रहरी कार्यालयमा ल्याएर अनुसन्धान गरिरहेको डिएसपी भीमलाल भट्टराईले बताए ।

प्रकाशित : आश्विन ८, २०७५ १०:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?