१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

गाउँपालिकामा प्राविधिक स्कुल

प्रताप विष्ट

हेटौंडा — उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेलले प्रत्येक गाउँपालिकामा एउटा प्राविधिक स्कुल स्थापना गर्ने सरकारको योजना रहेको बताएका छन् । उनले एउटा विद्यालयमा कम्तीमा पनि ७० प्रतिशत व्यावसायिक र प्राविधिक शिक्षाको पढाइ हुनेपर्ने बताए ।

गाउँपालिकामा प्राविधिक स्कुल

अहिलेसम्म अधिकांश विद्यालयहरू शिक्षित बेरोजगार उत्पादन केन्द्र भएकाले त्यसलाई परिवर्तन गरेर व्यावसायिक र प्राविधिकहरू उत्पादन गर्ने थलो बनाउनेतर्फ सरकारको ध्यान केन्द्रित रहेको उनले सुनाए ।


मकवानपुरको सबैभन्दा जेठो भीमफेदीस्थित महेन्द्र माध्यमिक विद्यालयको हीरक जयन्ती एवं पूर्व विद्यार्थी पुनर्मिलन कार्यक्रम र नवनिर्मित विद्यालय भवनको सोमबार उद्घाटन गर्दै पोखरेलले बताएका हुन् । उक्त विद्यालय २००४ स्थापना भएको थियो ।


०७२ को भूकम्पले भवन भत्काएर जाईकाको सहयोगमा २० कोठाको २ तले पक्की भवन पुनर्निर्माण गरिएको छ । उक्त विद्यालयमा चालू शैक्षिकसत्रदेखि सव–ओभरसियर पठनपाठन गराउनका लागि आर्थिक संकलन गर्न सप्ताह लगाइएको थियो । सप्ताहबाट करिब ४० लाख रुपैयाँ संकलन भएको आयोजकले बताएका छन् ।


प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्राविधिक शिक्षाले नै मानिसलाई आत्मनिर्भर बनाउनेमा उनले जोड दिए । उनले भीमफेदी ऐतिहासिक बस्ती भएकाले यसलाई प्रदेश सरकारले प्राचीन बस्तीको रूपमा विकास गर्न खोजेको पनि बताए ।

प्रकाशित : आश्विन ९, २०७५ ०९:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?