कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

ट्रक दुर्घटनामा दुईको मृत्यु, एक सख्त घाइते

राजकुमार कार्की

सिन्धुली — बीपी राजमार्गअन्तर्गत सिन्धुलीको कमलामाइ नगरपालिका २ को पिपलभन्ज्याङ मुनी ट्रक दुर्घटना हुँदा चालक र सहचालकको मृत्यु भएको छ । अर्का एक यात्री गम्भीर घाइते भएका छन् ।

ट्रक दुर्घटनामा दुईको मृत्यु, एक सख्त घाइते

काठमाडौंबाट पूर्व हिँडेको बा २ क २२९७ नं ट्रक दुर्घटनामा परेको हो । दुर्घटनामा चालक धादिङ गजुरी गाउँपालिका ५ का लोकबहादुर मगर र सहचालक सप्तरीको सप्तकोसी नगरपालिकाका भोजबहादुर आचार्यको मृत्यु भएको प्रहरीले जनाएको छ ।


सप्तकोसी नगरपालिकाकै गम्भीर घाइते १७ वर्षीय लक्ष्मण परियारलाई उपचारको लागि धुलिखेल लगिएको छ ।


ट्रक सडकबाट करिब ३० मिटर तल खसेको थियो ।


प्रकाशित : आश्विन १८, २०७५ १६:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?