कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

टेम्पोबाट कमाउँदै पूर्वशिक्षक

मासिक ५० देखि ६० हजार रुपैयाँ कमाइरहेका छन् 
राजेन्द्र मानन्धर

दोलखा — नयाँ पेसा के होला भन्दै मैनापोखरीका टीकाराम घिमिरे भौतारिँदै थिए । २८ वर्ष शिक्षण गरेपछि पशुपालन थाले तर व्यवसाय डुब्यो । त्यसपछि अर्को नयाँ काम खोजे । जिल्लामा कसैले नगरेको व्यवसाय खोज्दै हिँड्दा एकदिन एउटाले भनिदियो, ‘टेम्पो चलाउनु, राम्रो कमाइ हुन्छ ।’

टेम्पोबाट कमाउँदै पूर्वशिक्षक

उक्त कुरा सुन्नेबित्तिकै तराई र समथरमा गुड्ने टेम्पो हिमाली जिल्लाको उकाली सडकमा गुडाउन सकिएला त भन्ने लाग्यो । उनी भन्छन्, ‘दोलखामा टेम्पो भित्र्याउने पहिलो बन्न पनि यो काम गरेरै छाड्छु भन्ने सोचेँ ।’


दोलखामा पहिलोपटक टेम्पो भनिने अटोरिक्सा चलाउन थाले । उनले मासिक ५० देखि ६० हजार रुपैयाँ कमाइरहेका छन् । टेम्पो चलाउन थालेको अहिले आठ महिना भयो । वैत्यश्वर मैनापोखरीबाट जिरी बजार २० किलोमिटरको दूरीमा छ । उक्त मार्गमा टेम्पो चलेमा मालामाल भइने अनुमान गर्दै भित्र्याएका हुन् । उक्त मार्गमा स्थानीय यात्रुले सवारीसाधन कठिनपूर्वक प्रयोग गर्न पाउँथे । अहिले टेम्पोले निकै सजिलो भएको जिरी खावाडाँडाका डोमा शेर्पाले भनिन् । उक्त मार्गमा सार्वजनिक बसहरूले रोक्दै नरोकेर हैरानी पार्थे । ‘किनकि म आफैंले पनि कतिपटक बस रोक्न हात उठाएँ, रोक्दै नरोकेपछि दु:खसाथ हिंडेर जिरी पुगेको छु,’ त्यसैले पनि टेम्पो चलाउने निधोमा पुगेका उनले बताए ।


उक्त व्यवसाय थाल्ने अठोटपछि वर्ष ५० का टीकाराम रिक्साबारे जानकारी लिन तराई झरेका थिए । सर्लाहीस्थित मामाघर बसेर त्यसबारे जानकारी लिए । बुझ्दै जाँदा उनले दुई सय सिसीको अटोरिक्सा पहाडी उकालोमा गुड्ने थाहा पाए ।

फर्किएर स्थानीय जनमुखी वचत तथा ऋण सहकारी संस्थामा उक्त प्रस्ताव सुनाए । सहकारीले ६ लाख ऋण दियो । उक्त पैसाले टेम्पो ल्याए । अहिले उनी आफैं टेम्पो चलाउँछन् । बिहान ७ बजेदेखि साँझ ६ बजेसम्म यात्रु बोक्छन् । टेम्पोले पाँच जनासम्म यात्रु बोक्छ । यात्रुले सयदेखि एक सय ५० सम्म चापका आधारमा तिर्छन् । जिरीको हाटडाँडाबाट लिंकनसम्म ३० रुपैयाँ तिर्छन् ।


करिब एक वर्षमा टेम्पाको ऋण तिर्ने योजना बनाएका टीकारामका अनुसार सहकारीको ऋण र आफ्नो मिहिनेतले राम्रो कमाइ भइरहेको छ । टीकारामको राम्रो कमाइ देखेर हालै अर्को टेम्पो पनि भित्रिएको छ ।

प्रकाशित : आश्विन २२, २०७५ ११:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?