नेकपा नुवाकोटको पार्टी कार्यालय स्थापना

कान्तिपुर संवाददाता

नुवाकोट — नेपाल कम्युनिष्ट पार्टी नुवाकोटको भवनको उद्घाटन गरिएको छ । नेकपा एमाले र नेकपा (माओवादी केन्द्र) एक भएपछि बिहीबार विदुर ४ स्थित पार्टी भवनको प्रदेश ३ का इञ्चार्ज अष्टलक्ष्मी शाक्यले उद्घाटन गरेकी हुन् ।


Yamaha

उक्त कार्यालय भनव पार्टी एकजुट हुनुअघि एमाले पार्टी कार्यालयको नाममा रहेको थियो । उद्घाटन कार्यक्रममा सहइन्चार्ज हितबहादुर तामाङ, सचिव आनन्द पोख्रेल, प्रतिनिधिसभाका सांसद नारायणप्रसाद खतिवडालगायतको उपस्थिति थियो ।

कार्यक्रममा कार्यकर्तालाई दसैंको शुभकामना आदानप्रदानसमेत गरिएको थियो ।

प्रकाशित : आश्विन २५, २०७५ २२:०९
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

सहिद स्मारक ‘ए’ डिभिजन लिगमा थ्रीस्टार र पुलिसको यात्रा सुरु

फ्रेन्ड्स १–२ थ्रीस्टार, जावलाखेल ०–१ पुलिस
कान्तिपुर संवाददाता

काठमाडौँ — उपाधिका दाबेदारहरू थ्रीस्टार र पुलिसले सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बिहीबार तीन अंक जोड्दै सहिद स्मारक ‘ए’ डिभिजन लिगको यात्रा सुरु गरेका छन् ।


थ्रीस्टारले ललितपुर डर्बीमा फ्रेन्ड्समाथि २–१ को जित रच्यो भने अजित भण्डारीको गोलको सहयोगमा पुलिसले जावलाखेल युवा क्लबलाई १–० ले पराजित गर्‍यो। फ्रि–किकमा बनेको मुभमा तेज तामाङको क्रसमा अजतलले ३१ औं मिनेटमा गोल गरेका थिए। जितसँगै थ्रीस्टार र पुलिसले संकटा समान ३ अंक बनाएका छन्। चौध टिम सहभागी लिगमा हिमालयन शेर्पाविरुद्ध एपीएफ र ब्रिगेड ब्वाइजविरुद्ध मनाङ मर्स्याङ्दीको खेलपछि ‘दसैं ब्रेक’ हुनेछ।

स्टार खेलाडीले भरिएको थ्रीस्टारले आक्रमक खेल पस्कियो। यस क्रममा रन्जन विष्टले पहिलो हाफ र बुद्ध चेम्जोङले दोस्रो हाफमा गोल गरे। युवा र अनुभवी खेलाडीलाई समेटै मैदानमा उत्रिएको फ्रेन्ड्सको लागि सब्स्टिच्युट विकास लामाले अन्तिम समयमा गोल गरे।

थ्रीस्टारका अफ्रिकी मूलका खेलाडी पिटर सेगुनले चौथो मिनेटमा फ्रेन्ड्सका बंगलादेशी गोलकिपर मोहमद करिमसँग वान भर्सेस वानको अवस्थामा प्रहार गरेको बल पोष्ट बाहिर गएको थियो। अर्को मिनेटमै सुनील बलको फ्रि–किकमा रन्जित धिमालको हेडर पनि बाहिरिएको थियो।

रन्जनको एकल प्रयासमा थ्रीस्टाले १७ औं मिनेटमा अग्रता लिएको थियो। उनले एक्लै अघि बढाउँदै बललाई सिक्स यार्ड बक्सबाट पोष्टको दिशा दिएका थिए। फ्रेन्ड्सले पहिलो आक्रमण २५ औं मिनेटमा गरेको थियो तर त्यसमा कप्तान धिरज श्रेष्ठको हेडर सटिक रहेन। लगत्तै थ्रीस्टारले रन्जितले प्रहार गरेको फ्रि–किकमा बल पोष्टनजिकबाट बाहिरिएको थियो। सरोज योन्जनको फ्रि–किकमा गोलकिपर एलन नउपाने ‘बिट’ भइसकेको अवस्थामा डिफेन्डर विष्णु सुनुवारले बल क्लियर गर्दै थ्रीस्टारको संकट टारेका थिए।

सुनीलको क्रसमा बुद्धले ६९ औं मिनेटमा गरेको हेडरमा पनि गोल निस्किएन। निरन्तर मिहिनेत गरिरहेका उनी ८३ औं मिनेटमा भने सफल भए। यस अवसरमा उनले पेनाल्टी क्षेत्रनजिकबाट बललाई लोभलाग्दो गोलमा परिणत गर्दै थ्रीस्टारको अग्रता दोब्बर बनाएका थिए।

प्रिजेन तामाङको स्थानमा ८४ औं मिनेटमा मैदानमा प्रवेश गरेका विकास लामाले १० मिनेटको इन्ज्युरी समयको पहिाले मिनेटमा गोल गरेर अन्तर छोट्याएका थिए। उनले घम्साघम्सीवीचि किरन बोहराको प्रहारमा पाएको बललाई गोल लाइन पार गराएका थिए। तर, अन्त्यतिर दबाब दिएपनि फ्रेन्ड्सलाई खेलमा फर्कन ढिला भइसकेको थियो।

थ्रीस्टारका प्रशिक्षक मेघराज केसीले एकपछि अर्को गर्दै निरन्तर अवसर सिर्जना गर्नुलाई सकारात्मक पक्षको रुपमा लिएको बताए। ‘हामीले थुप्रै अवसर सिर्जना गर्‍यौं र त्यो टिमको उज्वल पक्ष हो,’ उनले भने। उनका समकक्षी रमेश महर्जनले प्रतिस्पर्धात्मक खेल भएरपनि अनुभवी खेलाडीको अभावमा पराजित हुनुपरेको बताए। ‘सबै खेलाडी ए डिभिजन लिगमा पहिलोपल्ट सहभागि भएका हुन्। र, सबै खेलाडी २० बर्षमुनिका छन्। उनीहरूले पहिलो खेलमा आत्मविश्वास गुमाउन पुगे,’ उनले भने। दसैं ब्रेकपछि टिममा बिदेशी खेलाडी थप्ने पनि उनले बताए।

शुक्रबारका खेल
हिमालयन शेर्पाविरुद्ध एपीएफ- ११ बजे
ब्रिगेड ब्वाइजविरुद्ध मनाङ- १५ बजे

प्रकाशित : आश्विन २५, २०७५ २१:५७
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT