बीपी राजमार्गमा बस दुर्घटना, ३ यात्रुको मृत्यु [अपडेट]

सिन्धुली/काभ्रे — बीपी राजमार्ग अन्तर्गत सुनकोशी गाउँपालिका-५ रिठ्ठेभीरमा बस दुर्घटना हुँदा एकको घटनास्थलमै र दुईजनाको धुलिखेल अस्पतालमा मृत्यु भएको छ ।  घटनास्थलमै मृत्यु हुनेमा सिन्धुपाल्चोक जिल्ला सुनकोशी गाउँपालिका-८ का २९ वर्षीय रवि भण्डारी रहेका छन् ।

बीपी राजमार्गमा बस दुर्घटना, ३ यात्रुको मृत्यु [अपडेट]

धुलिखेल अस्पतालको इमरजेन्सी विभागको ट्रमा कोअर्डिनेटर श्रीजेश पराजुलीका अनुसार सिन्धुली मरिन गाउँपालिका-७ का राजकुमार लामा र सोही ठाउँका अमित लामाको उपचारको क्रममा मृत्यु भएको छ । राजकुमार चालक हुन् । बसमा सवार ८ जना मध्ये दुईको अवस्था गम्भीर रहेको छ । सहचालक र अन्य दुई यात्रु सामान्य घाइते छन् ।


सिन्धुलीको मरिण गाउँपालिकाबाट काठमाडौं जाँदै गरेको बासुकी यातायात ना ६ ख ९१२ नम्बरको बस शुक्रबार बिहान ११ बजे विपरित दिशाबाट आएको बा ९९ प २५९७ नं मोटरसाइकलसँग जुध्दा अनियन्त्रित भई सुनकोशी नदीमा खसेको प्रहरीले जनाएको छ । मोटर साइकल चालक दवेन्द्र वीक सामान्य घाइते भएका छन् ।


बस सडकबाट करिब सय मीटर तल खसेको छ । बस पूर्ण रुपमा क्षति भएको छ । स्थानीय र प्रहरी मिलेर घाइते तथा बेपत्ताको खोजी गरेका थिए । दुर्घटनाका कारण बीपी राजमार्गमा केही समय सडक अबरुद्ध समेत भएको थियो ।


यस अघि २०६८ सालको असोज २६ गते सोही स्थानमा बस दुर्घटनामा परि ४१ जनाले ज्यान गुमाएका थिए । त्यतिखेर सडक कालोपत्रे भएको थिएन । सडकबाट बस अनियन्त्रित भइ सुनकोशी नदीमा खसेको थियो । दशैं मानेर राजधानी फकिएकाहरुको मृत्यु भएको थियो ।

प्रकाशित : आश्विन २६, २०७५ १२:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?