कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

त्रिशूली जलविद्युत् केन्द्रमा मुसा पस्यो

कान्तिपुर संवाददाता

नुवाकोट — त्रिशूली जलविद्युत उत्पादन केन्द्रको ब्रेकरमा मुसा पसेर विद्युत् अवरुद्ध भएको बिजुली १६ घण्टापछि सञ्चालनमा आएको छ । 

त्रिशूली जलविद्युत् केन्द्रमा मुसा पस्यो

बिहीबार राति १२ बजे उत्पादन केन्द्रको ब्रेकरमा मुसा पसेपछि बिजुली बन्द भएको थियो । विद्युत् अवरोध हुँदा नुवाकोट, रसुवा र धादिङ जिल्ला प्रभावित भएका थिए । बिजुली नहुँदा कम्प्युटर प्रणालीबाट दिइने सेवा प्रभावित भएको थियो ।


नेपाल विद्युत प्राधिकरणको स्वामित्वमा रहेको २४ मेगावाट जडित क्षमता त्रिशूलीमा साउन तेस्रो साता विद्युत् गृहको जेनेरेसनतर्फको ६.६ केभी साइट ब्रेकरमा आगलागी हुँदा एकसाता बिजुली अवरुद्ध भएको थियो ।

प्रकाशित : आश्विन २६, २०७५ १८:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?