कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

दसैं शुभकामनामा प्रदेश राजधानीको चर्चा

प्रताप विष्ट

काठमाडौँ — दसैंको शुभकामना आदानप्रदान कार्यक्रममा प्रदेशको राजधानीको विषयले प्रवेश पाउने गरेको छ  । सरकारी तथा गैरसरकारी एवं स्थानीय तहका शुभकामना आदानप्रदान कार्यक्रममा हेटौंडाबाट कुनै हालतमा पनि प्रदेशको राजधानी सार्न नदिने, सार्न लागेमा आन्दोलन र राजधानीलाई नाकाबन्दी लगाउने विषयले प्रवेश पाउने गरेको छ  ।

दसैं शुभकामनामा प्रदेश राजधानीको चर्चा

दसैंको शुभकामना आदानप्रदान कार्यक्रममा हेटौडामा रहेका सत्तापक्ष हुन वा प्रतिपक्ष दलका नेता हुन सबैले राजधानी सार्न नदिने चेतावनी दिएका छन । जिल्ला समन्वय समिति मकवानपुरले शनिबार आयोजित दसैंको शुभकामना आदानप्रदान कार्यक्रममा जिसस मकवानपुर प्रमुख रघुनाथ खुलालले प्रदेशको राजधानी हेटौंडाबाहेक अन्यत्र लैजाने चेष्टा नगर्न प्रदेश सभाका सदस्यहरूलाई आग्रह गरेका छन् ।

प्रदेश राजधानीका लागि आवश्यक पर्ने सम्पूर्ण पूर्वाधारहरू हेटौंडामा रहेकाले अन्यत्र राजधानी सार्नेमा मकवानपुरवासीलाई सह्य नहुने उनले बताए । मकवानपुरका बासिन्दाले प्रदेश राजधानीको अभ्यास गर्न थालेको र अपनत्व ग्रहण गर्दै मनमा राजधानी राखेर आफ्नो उद्यम व्यवसाय गर्न थालेको अवस्थामा राजधानी सार्ने हल्लाले यहाँका बासिन्दालाई त्रसित बनाएको छ उनले भने । अब राजधानी हाम्रो प्रतिष्ठाको विषय बनिसकेकोले हेटौंडामा राजधानी राख्न जीवनमरणको संघर्ष गर्न पछि नपर्ने जानकारी गराएका थिए ।

हेटौंडामा मन्त्रालय, संसद्का लागि आवश्यक पूर्वाधारहरू रहेको अवस्थामा राजधानी सार्न कुनै पनि मूल्यमा मान्य नहुने भन्दै उनले चेतावनी दिएका छन् । सरकारले विकास निर्माणका काम गर्ने समयमा राजधानी सार्ने जस्तो केटाकेटी कुरो गर्न नहुने भन्दै प्रमुख खुलालले भने, यसले आन्दोलन र अस्तव्यस्ततालाई आमन्त्रण गर्छ ।’ यसैगरी प्रदेश–३ का प्रतिपक्षी दलका नेता एवं काग्रेसका जिल्ला सभापति इन्द्रबहादुर बानियाँले प्रदेश राजधानी हेटौंडाबाट अन्यत्र सार्ने काम भयो भने राजधानीलाई नाकाबन्दी लगाउने चेतावनी दिए ।

निर्माण व्यवसायी संघ मकवानपुरद्वारा शनिबार आयोजित दसैंको शुभकामना आदानप्रदान कार्यक्रममा नेकपाका प्रदेशसभामा ८१ सांसद भएकाले नेकपाका नेताहरूले समयमा नै बुद्धि पुर्‍याउन सकेनन् भने यहाँबाट राजधानी अन्यत्र लैजान सक्छन् भन्दै त्यसतर्फ समयमा नै ध्यान पुर्‍याउन उनले आग्रह गरेका थिए ।

प्रकाशित : आश्विन २८, २०७५ ०८:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?