कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

तीन सय घर लालपुर्जाविहीन

राजकुमार कार्की

सिन्धुली — कमलामाई नगरपालिका बनाउँदा सिद्धेश्वर र भिमान गाविस मिलेर बनेको हो  । त्यही गाविसमध्येको भिमानको मुटु मानिने भिमान बजारको अधिकांश स्थान लालपुर्जाविहीन छ  ।

तीन सय घर लालपुर्जाविहीन

भिमान बजारमा अहिले धमाधम पक्की घरसमेत बनेका छन् तर त्यसको धनीका हातमा लालपुर्जा छैन । घरगृहस्थी गरेर बस्नेको लागि त ठूलो समस्या छैन् तर व्यापार व्यवसाय गर्नेका लागि भने लालपुर्जाविहीन बन्दा ठूलो समस्या भएको छ । बैंक अथवा अन्य निकायमा लालपुर्जा राखेर ऋण लिई उद्यम तथा व्यापार गर्नका लागि लाखौं मूल्यको जग्गा कुनै मूल्य नै छैन ।

२०२८ सालको नापी होस् या २०३६ सालको, दुवै समयमा भिमान बजार परेन । पहिला तिरोको डरलेसमेत जग्गा नापी नगराएकाले भिमान बजार प्रताडित बनेको स्थानीयको भनाइ छ । स्थानीयवासी तथा जनजागृति क्याम्पस प्रमुख शालिग्रामप्रसाद पौडेलका अनुसार तिरोको भयले पहिला गाउँ ब्लक भनेर नापी आउँदासमेत नपाउने चलन थियो ।

पौडेलका अनुसार २०२२ सालतिर भिमान बजारमा दुई–चारवटा घर मात्र थिए । खेतहरू बजारभन्दा तलतिर थियो । पहिलो नापी आउँदा खेतहरू परे तर भिमान बजार नपाउन कसैले चासो राखेन । प्रमुख पौडेलले भने, ‘तिरो तिर्ने डरले कसैले नपाएनन् ।’

तत्कालीन समयमा वन सिमाना लगाएकाले नापी नभएको स्थानीयवासीको भनाइ छ । वन सिमाना सरकारले लगाएको थियो, स्थानीय टंकप्रसाद पोखरेलले भने,‘ बजारभन्दा तलतिरको जग्गालाई सिमाना बनाएर डिमार्केसन गरिएको थियो ।’ वनले खाली गराएको जग्गा तत्कालीन समयमा गाउँ पञ्चायतको हुने भन्ने थियो ।

भिमान बजारमा अहिले सडक छेउको जग्गा प्रतिधुर दुई लाख रुपैयाँसम्ममा बिक्री हुने गरेको छ । ‘नगरपालिकामा गएर बिक्री वितरण हुन्छ, लालपुर्जा भने छैन, अर्का स्थानीय एवं समाजसेवी हरीशचन्द्र पौडेलल भने, ‘सरकारले तत्काल लालपुर्जा वितरण गर्नुपर्‍यो ।’

ऐलानी रहेको जग्गा अहिले सबै नगरपालिकामा दर्ता छन् । लाखौंमा जग्गा कारोबार भयो तर धितो चलेन स्थानीयले पीडा पोखे । भिमान बजारमा अहिले सिन्धुलीमै केन्द्रीय कार्यालय रहेको मातृभूमि विकास बैंकले शाखा कार्यालय स्थापना गरेको छ तर भिमान बजारका बासिन्दाले जग्गा तथा घर धितो राखेर ऋण लिन पाएका छैनन् ।

तत्कालीन समयमा सुकुम्बासी समस्या समाधान आयोगले लालपुर्जा वितरणका लागि पहलकदमी गरे पनि बीचमै तुहिएको स्थानीयको भनाइ छ ।

प्रकाशित : आश्विन २९, २०७५ ०९:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?