३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

कर उठाउन साझेदारी

रमेशकुमार पौडेल

चितवन — भरतपुर महानगरपालिकाले चितवन उद्योग वाणिज्य संघ ९उवा संघ० सँग मिलेर व्यवसाय कर उठाउने भएको छ  ।

कर उठाउन साझेदारी

दसैंलगायतका पर्वहरूको शुभकामना दिन आइतबार महानगरपालिकाले आयोजना गरेको पत्रकार सम्मेलनमा मेयर रेनु दाहालले व्यवसाय कर उठाएबापत उवा संघले पाँच प्रतिशत रकम अनुदान पाउने जनाइन् । त्यसरी पाएको रकम महानगरको सर्तअनुसार खर्च गर्नुपर्ने उनले बताइन् ।

भरतपुर महानगरपालिकाले चालु आर्थिक वर्षमा ५५ करोड रुपैयाँ राजस्व उठाउने लक्ष्य राखेको मेयर दाहालले बताइन् । साउनयता असोज २६ गतेसम्म ८ करोड ५२ लाख ९३ हजार रुपैयाँ संकलन भइसकेको छ । यो अवधिमा खासै ठूलो मात्रामा राजस्व संकलन हुँदैन ।

त्यसैले यो पनि सन्तोषजनक भएको उनको भनाइ छ । कुल राजस्वमध्ये व्यवसाय करबाट १० करोड रुपैयाँ उठाउने यो वर्षको लक्ष्य छ ।

‘कर प्रणालीलाई वैज्ञानिक बनाउन र कर संकलन प्रक्रियालाई प्रभावकारी बनाउन महानगरले चितवन उद्योग वाणिज्य संघसँग सम्झौता गरेको छ’ मेयर रेनु दाहालले भनिन् । शुक्रबार मात्रै उवा संघसँग सम्झौता भएको थियो ।

चितवन उद्योग वाणिज्य संघका अध्यक्ष सहनलाल प्रधानले यस्तो सहकार्य ५७ सालबाट सुरुवात भएको थियो । जुन ६६ सालसम्म चलेको थियो ।

‘स्थानीय निकाय र व्यावसायिक संस्थाबीच सहकार्य भएर कर संकलन गर्ने काम त्यो बेला नेपालमा अन्यत्र भएको थिएन तर भरतपुरमा सुरु भएको थियो ।

यो काम नमुनायोग्य भनेर उद्योग वाणिज्य संघ सञ्चालन गरेको यो परियोजना विश्व चेम्बर सम्मेलनको प्रतिस्पर्धामा पुरस्कृत पनि भएको थियो,’ उवा संघ अध्यक्ष सहनलाल प्रधानले भने । ०६६ सालयता रोकिएको यो काम फेरि सुरु भएको हो ।

महानगरले गत वर्ष करको दर र दायरा दुवै बढाएको थियो । त्यो बेलामा ठूलो विरोध त भएन तर व्यवसायीहरूले पुनरावलोकनको माग गरेका थिए । महानगरकी मेयर दाहालले श्रेणी निर्धारण गरेर कर लिएको र व्यापारी आफंैले श्रेणीको घोषणा गर्न सक्ने सुविधा महानगरले दिएको बताइन् ।

प्रकाशित : आश्विन २९, २०७५ ०९:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?