स्कार्पियोको ठक्करले दम्पतीको मृत्यु

कान्तिपुर संवाददाता

काभ्रे — स्कार्पियोले ठक्कर दिँदा मंगलबार एक दम्पतीको मृत्यु र छोरा गम्भीर घाइते भएका छन् ।

स्कार्पियोको ठक्करले दम्पतीको मृत्यु

बीपी राजमार्ग हुँदै दोलखा जाँदै गरेको बा.७५. प १९४९ नं को स्कुटरलाई भारतीय नम्बरको स्कार्पियोले रोशीस्थित कालढुंगामा ठक्कर दिँदा चालक शैलुङ गाउँपालिका ७ का ३५ वर्षीय सोनाम लामा र उनकी श्रीमती ३० वर्षीय विमला लामाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी नायव उपरीक्षक दिपक गिरीले बताए ।


सोनामको धुलिखेल अस्पतालमा र विमलाको नर्भिकमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । नर्भिकमा नै उपचारत छोरा १२ वर्षीय मनिषको अवस्था चिन्ताजनक छ ।


यस्तै, काठमाडौंबाट रसुवा आउँदै गरेको बा२ज ४२५१ नम्बरको ट्याक्सी नुवाकोटको लिखु गाउँपालिका ३ स्थित पट्टाबारीमा दुर्घटना हुँदा ५ जना घाइते भएका छन् ।


मंगलबार बिहान ३ बजे काठमाडौंबाट रसुवाका यात्रु लिएर हिंडेको उक्त ट्याक्सी ६ बजे दुर्घटनामा परेको हो । उनीहरुको नुवाकोट विदुरस्थित एक अस्पतालमा प्राथमिक उपचारपछि ५ जनालाई काठमाडौं रिफर गरिएको छ । उनीहरु सबै रसुवा कालिका र नौकुण्ड गाउँपालिका निवासी हुन् ।

प्रकाशित : आश्विन ३०, २०७५ १६:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?