१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

ट्यांकरले भ्यानलाई ठक्कर दिँदा २ को मृत्यु, ५ जना घाइते

रासस

चितवन — इच्छाकामना गाउँपालिका–४ कुरिनटारमा बुधबार दिउँसो सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । पाँचजना घाइते भएका छन् ।

ट्यांकरले भ्यानलाई ठक्कर दिँदा २ को मृत्यु, ५ जना घाइते

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार पोखराबाट धादिङतर्फ जाँदै गरेको ग२च १७५१ नंको मारुती भ्यानलाई सोही दिशातर्फ जाँदै गरेको बा१झ ५६५ नंको ट्याङ्करले दिउँसो १२:४० बजे ठक्कर दिँदा दुई जनाको मृत्यु भएको हो ।


मृत्युहुनेमा धादिङ कल्लेरीका अन्दाजी २५ वर्षीय चन्द्रबहादुर नेपाली र नाम नखुलेको एक बालक रहेका छन् । सोही घटनामा घाइते भएका पाँचजनामध्ये एकजनाको भरतपुरस्थित सरकारी अस्पताल र एकजनाको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ । अन्य तीनजना उपचारका लागि भरतपुरतर्फ ल्याउँदै गरेको प्रहरीले जनाएको छ । घाइतेमध्ये एकजनाको अवस्था गम्भीर छ । मृतकहरु भ्यान र ट्याङ्कर कुनमा सवारी गरेको हो भन्ने पहिचान हुन सकेको छैन ।


दुर्घटनग्रस्त भ्यान सडकमा नै छ भने ट्याङ्कर त्रिशूली किनारमा खसेको छ ।

प्रकाशित : आश्विन ३१, २०७५ १५:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?