कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

लुक्ला जान खचाखच यात्रु

टीकाप्रसाद भट्ट

रामेछाप — अघिपछि सुनसान हुने रामेछाप विमानस्थल केही दिनयता भरिभराउ छ  । ३ वटा विमान कम्पनीहरूले सगरमाथा आधार शिविरतर्फ आउजाउ गर्ने पर्यटक रामेछापबाट ओसार पसार गर्न थालेपछि विमानस्थल व्यस्त भएको हो  ।

लुक्ला जान खचाखच यात्रु

नागरिक उड्डयन कार्यालय रामेछापका प्रमुख केदार सत्यालका अनुसार सोमबार मात्र रामेछापबाट लुक्लाका लागि २४ उडान भए । जुन उक्त विमानस्थलबाट भएको उडानको कीर्तिमान नै हो । मंगलबार पनि दर्जनभन्दा बढी उडान तालिका छ । रामेछापबाट सोमबारमात्र लुक्लाका लागि ३ सय २९ पर्यटक उडेका थिए ।

निजी वायुसेवा कम्पनीहरूले रामेछापबाट पर्यटकहरूलाई लुक्लाका लागि उडान गर्ने योजना अघि सारेका हुन् । सीता, तारा र समिट एयरले उडान गर्छन् । तारा एयरको रामेछापमा स्टेशन अफिस भए पनि अरू दुईवटा कम्पनीको छैन ।

मार्केटिङ गर्ने कर्मचारी र लोडरहरू काठमाडौंबाट आएर दुवै कम्पनीले रामेछापबाट उडान गर्ने गरेका हुन् । जुन अस्थायी व्यवस्था हो ।

लुक्लाका लागि जहाजको टिकट लिएका पर्यटकहरूलाई ट्राभल एजेन्सिले रामेछापसम्म गाडीमा ओसार्ने गरेको छ । काठमाडौंबाट बिहान ३–४ वजे गाडीमा रामेछापका लागि हिँड्ने पर्यटकहरू बिहान ९ बजेसम्म लुक्ला पुगिसक्ने गरेका छन् । रामेछापमा उडान र अवतरण गर्दा जहाजलाई आकाशमा उडाएर पालो कुर्नु नपर्ने भएकाले चाँडोचाँडो हुने गरेको छ ।

काठमाडौं विमानस्थल व्यस्त भएकाले चाहे जति उडान गर्न नसक्दा विमान कम्पनीहरूले रामेछापबाट उडान गर्ने जुक्ति निकालेका हुन् । काठमाडौं विमानस्थलबाट १ उडान गर्दा रामेछापबाट ३ उडान हुने भएकाले पनि रामेछाप विमानस्थल रोजिएको कम्पनीहरूको दाबी छ ।

नेपाल आयल निगमले हवाई इन्धनको डिपो समेत सञ्चालन गरेकाले रामेछापबाट उडान र अवतरणका लागि थप वातावरण बनेको हो । तर निगमका कर्मचारीको बेवास्थाका कारण बारम्बार डिपोमा इन्धन नहुँदा हवाई कम्पनीहरूले चाहे जति उडान गर्न सकेका छैनन् ।

रामेछाप विमानस्थलमा नागरिक उडड्यन प्राधिकरणले सवै सुविधा उपलव्ध गराएको छ । कालोपत्रे भएको उक्त विमानस्थलबाट काठमाडौंका लागि भने कुनै कम्पनीले पनि उडान सेवा गर्दैनन् ।

प्रकाशित : कार्तिक ७, २०७५ ०९:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?