कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

छुट्टाछुट्टै दुर्घटनामा ४ जनाको मत्यु

नेपाल प्रहरीका डीआईजी सुशीलकुमार भण्डारीसहित ४ जनाको मृत्यु
नगेन्द्र अधिकारी

काभ्रे — काभ्रेमा छुट्टाछुट्टै दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । मन्डनदेउपुर नगरपालिका–६ चुरेथुम्कामा बा३च २८७ नम्बरको जिप दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । 

छुट्टाछुट्टै दुर्घटनामा ४ जनाको मत्यु

अन्य तीन जना घाइते छन् । मृत्यु हुनेमा नेपाल प्रहरीका डीआईजी सुशीलकुमार भण्डारी, मण्डनदेउपुर–४ का जीवन पराजुली र नमोबुद्ध नगरपालिका–१० का विनोद कार्की रहेको जिल्ला प्रहरी प्रमुख एसपी रविराज खडकाले जानकारी दिए । पराजुली र कार्कीको घटनास्थलमै र भण्डारीको उपचार क्रममा मृत्यु भएको हो ।


पूर्वकान्तिपुर टेलिभिजनकर्मी पराजुली पछिल्लो समय रेडियो गौरवसँग आबद्ध थिए । कार्की नेपाली कांग्रेसनिकट नेपाल ट्रेड युनियन कांग्रेसका ३ नम्बर प्रदेश अध्यक्ष हुन् । घाइते पूर्वडीएसपी विनोद गौतम, व्यवसायी प्रदीप बोगटी र धनराज पुरीको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ ।


यता, पाँचखालमा भएको दुर्घटनामा ६ नं वडाकी ५६ वर्षीया रञ्जना गौतमको मृत्यु भएको छ । बा३क ६४२ नम्बर टिपरले लु४२प १३५९ नम्बरको मोटरसाइकलाई ठक्कर दिँदा गौतमको मृत्यु भएको प्रहरीले जनाएको छ ।


‘तार छल्न खोज्न गाडी पल्टियो’

प्रपि बोगटी, चालक

ढकालथोक गएर फर्किदै थियौं । चरिथुम्कामा आएपछि बाटोमा हाइटेन्सन लाइन रहेछ । करेन्ट लाग्ने भएपछि त्यसलाई छलाउन खोज्दा पाङ्ग्रा कोदोबारीमा खसिहाल्यो । त्यसपछि नलमा चिलिएर गाडी खस्यो । २०/२५ बल्ड्याङ खाँदासम्म याद छ । स्टेरिङ नछोडेको कारण म बाँचेँ ।


(घाइते बोगटीसँग कुराकानीमा आधारित)


प्रकाशित : कार्तिक १०, २०७५ १८:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?