कर्मचारी अभाव

‘कामकाज गर्ने कर्मचारी थोरै छन्, कामको चाप धेरै छ’
कृष्ण थापा

नुवाकोट — स्थानीय तहमा कर्मचारी अझै अभाव छ । नयाँ बनेको बेलकोटगढी नगरपालिकाले कर्मचारी अभावमा दु्रतस्तरमा कार्यालयका कामकाज गर्न कठिनाइ छ ।

कर्मचारी अभाव

कर्मचारी अझै पुगेको छैन, निमित्त भएर कामकाज सम्हालेका बागवानी अधिकृत छविलाल शर्माले भने, ‘थोरैले जनशक्तिबाट धेरै काम गर्नु परिरहेको अवस्था छ ।’

अनुगमनको क्रममा पुगेका प्रमुख जिल्ला अधिकारी उद्धवबहादुर थापा, एसपी वसन्तबहादुर कुँवर लगायतका टोलीलाई उनले गुनासो पोखे ।

‘कामकाज गर्ने कर्मचारी थोरै छन्,’ उनले भने, ‘कामको चाप धेरै छ ।’ बेलकोटगढी नगरपालिकामा कार्यकारी अधिकृत, लेखा अधिकृत, सूचना प्राविधिक अधिकृत, स्वास्थ्य संयोजक, बागवानी अधिकृत, इन्जिनियर, सव–इन्जिनियर, सहयोगी र परिचर छन् ।

हाल दरबन्दी ६९ जनाको छ । अहिले १५ जना कर्मचारीले पूरै नगरपालिका थेगिएको कार्यालयले जनाएको छ । नगरभित्र १३ वटा वडा कार्यालय छन् । त्यहाँ ४ जना वडा सचिवले काम धानेका छन् ।

हालै एक जना नासु आइपुगेको बाहेक अन्य नयाँ कर्मचारी अझै नआइपुगेको नगरपालिका कार्यालयले जनाएको छ । ‘वडामा कामको चाप बढी छ । एउटै वडा सचिवलाई ४ वटा वडामा काम विभाजन गरेर कामकाज गरिरहेको नगरपालिकाले जनाएको छ ।

नगरलाई १ सय १५ कर्मचारी आवश्यक पर्छ । करारमा कर्मचारी नियुक्त गर्न गर्दा स्थायी आएपछि हटाउनुपर्ने बाध्यताले नगरपालिकाले कर्मचारी राख्ने कठिनाइ छ । कर्मचारी अभावले कार्यकारी, लेखापालको बास कार्यालयमै छ । मेयर र उपमेयरले कार्यालयभित्रै निवास बनाइएको छ ।

चारैजना कार्यालयमै बसेर नगरवासीलाई सेवा प्रदान गरिरहेका छन् । खानाको मेस एउटै छ । यो नगरपालिका नयाँ हो ।

नगरपालिका बेसींको गर्मीदेखि लेकको चिसो सिरेटो आउने पहाड, भौगोलिक विकटता र ठूलो छ । नगरपालिका वडा ९ बाघखोर भन्ने ठाउँमा छ । पूर्वाधार कुनै खडा भएका छैनन् ।

भूकम्पपीडितका लागि निर्माण गरिएको सामुदायिक भवनै नगरपालिकाको कार्यालय राखिएको छ । नगरपालिका रहेको कार्यालय १ हजार ५ सय ४५ मिटर उचाइ डाँडामा राखिएको छ ।

प्रकाशित : कार्तिक १४, २०७५ ०८:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?