कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

मानसिकतामा परिवर्तन नभएसम्म आर्थिक परिवर्तन असम्भव : मुख्यमन्त्री पौडेल

कान्तिपुर संवाददाता

हेटौडा — प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले राजनैतिक परिर्वतनसँगै मानसिकता परिवर्तन नभएसम्म मुलुकमा आर्थिक परिवर्तन सम्भव नहुने बताएका छन् ।

मानसिकतामा परिवर्तन नभएसम्म आर्थिक परिवर्तन असम्भव : मुख्यमन्त्री पौडेल

उनले मुलुकलाई समृद्ध र सुखी बनाउन काम गर्ने संस्कारमा परिवर्तन गर्न जरुरी रहेको बताए । राष्ट्रिय युवा परिषद्द्वारा हेटौडामा बिहीबार आयोजित स्थानीय तहका युवाको कार्य क्षेत्रमा हेर्ने शाखा प्रमुखहरुको कार्यशाला गोष्ठी उद्घाटन गर्दै मु्ख्यमन्त्री पौडेलले खाडीमा जाने युवाहरुलाई मुलुकमा नै रोजगारी उपलब्ध गराउने ढंगले योजनाहरु तर्जुमा गर्नुपर्ने बताए ।


प्रदेश सरकारले रोजगारीमुलक योजनाहरु ल्याउने जो कोहीलाई पनि सहयोग गर्न तयार रहेको बताउँदै मुख्यमन्त्री पौडेलले उत्पादनसँग जोडिन सबैलाई आग्रह गरे । प्रत्येक नागरिक उत्पादनसँग नजोडिएसम्म मुलुक समृद्ध हुन नसक्ने उनको तर्क थियो ।


कार्यक्रममा आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुङ्गेलले आन्दोलन र जुलुसको युग सकिएको भन्दै अब निर्माणको युग सुरु भएको र युवालाई सिर्जनशील बनाएर मुुलुकको विकासमा संलग्न गराउनु पर्ने बताए ।


राष्ट्रिय युवा परिषदका कार्यकारी निर्देशक माधव ढुङ्गेलको अध्यक्षतामा संचालित उक्त कार्यक्रममा प्रदेश ३ का सामाजक विकास मन्त्री युवराज दुलाल र हेटौडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले युवाहरुलाई सकारात्मक दृष्टिकोणले हेर्नु पर्ने बताए । शुक्रबारसम्म संचालन हुने कार्यशालामा प्रदेश १, २ र ३ का स्थाानीय तहका युवा क्षेत्र हेर्ने ४० जना शाखा प्रमुखहरुको सहभागिता रहेको छ ।

प्रकाशित : कार्तिक १५, २०७५ १४:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?