मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, दुईको अवस्था गम्भीर

राजकुमार कार्की

सिन्धुली — बीपी राजमार्ग अन्तर्गत सिन्धुलीको कमलामाइ नगरपालिका–४ ढुंग्रेवासमा भएको मोटरसाइकल दुर्घटनामा परी एक जनाकाे ज्यान गएकाे छ भने दुई गम्भीर घाइते भएका छन् ।

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, दुईको अवस्था गम्भीर

सदरमुकाम माढि बजारतर्फ जाँदै गरेको ना ५६ प ७१९१ नम्बरको मोटरसाइकल दुर्घटनामा परी कमलामाइ नगरपालिका–२ पिपल भन्ज्याङका १९ वर्षीय सरोज थापाको घटनास्थलै निधन भएको प्रहरीले जनाएको छ ।


गम्भिर घाइते भएका मोहन श्रेष्ठ र सुमित नेपालीलाई शनिबार नै उपचारका लागि काठमाडौं लगिएको छ । प्रहरीका अनुसार तीव्र गतीमा कुदेको उक्त मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको हो ।

प्रकाशित : कार्तिक १७, २०७५ ११:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?