पोखरीका माछा भकाभक मरे, विष हालेको आशंका

रमेशकुमार पौडेल

चितवन — राप्ती नगरपालकिा १ पिप्ले ज्योतिनगरका किसान रत्नबहादुर बर्तौलाको माछा पोखरीका माछाहरु भकाभक मरेका छन् । उनको चार कट्ठा जलाशयमा बेच्नका लागि झिक्न तयार माछाहरु थिए । बुधबार बिहानबाट एकाएक माछाहरु मर्न थालेको उनले बताए ।

पोखरीका माछा भकाभक मरे, विष हालेको आशंका

पोखरीको डिलमा विषादीको बट्टा फेला परेका कारण कसैले नियतवश यो काम गरेको उनको भनाइ छ ।


ईलाका प्रहरी कार्यालय भण्डाराका प्रहरी नायब निरीक्षक (सई) रुद्रप्रसाद शर्मा धेरै परिमाणमा माछा मरे पनि मर्नुको कारण प्रस्ट नभइसकेको बताउँछन् । माछा मर्नुको कारण प्रयोगशालाबाट प्रमाणित गर्न बाँकी रहेको उनले बताए । यसका लागि नमुना संकलन गरेर परीक्षणका लागि पठाइसकेको उनले जानकारी दिए । पोखरीधनी बर्तौलाले विषबाट मरेको बताएको सई शर्माले बताए ।


पोखरीधनी रत्नबहादुर बर्तौला माछा मर्दा करिब १० लाख रुपैयाँको हाराहारीमा नोक्सान भएको बताउँछन् । गत वर्ष पनि पोखरीका माछा यसरी नै मरेको र कस्ले विष हाल्यो भन्ने पत्ता नलागेको उनले बताए । यो वर्ष पनि उस्तै घटना दोहरिएका कारण आफु ठुलो समस्यामा परेको बर्तौला बताउँछन । स्थानीय साना किसान कृषि सहकारीबाट ऋण लिएर माछा पालन गरेका कारण आफु ऋणमा डुब्ने अवस्था आएको उनले बताए ।

प्रकाशित : कार्तिक २२, २०७५ १८:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?