१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६८

साढे चार लाखसहित २३ जुवाडे पक्राउ

रमेशकुमार पौडेल

चितवन — तिहारका बेला पैसाको हारजित हुने गरेर तास कौडा खेल्नेहरु विरुद्ध चितवन प्रहरीको अभियान जारी नै छ । प्रहरीले बुधबार राति भरतपुर महानगरपालिकाको दुई ठाउँबाट जुवा खेलेको आरोपमा २३ जनालाई पक्राउ गरेको छ ।

साढे चार लाखसहित २३ जुवाडे पक्राउ

उनीहरुको साथबाट चार लाख ५५ हजार ९५० रुपैयाँ नगद बरामद भएको चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता रहेको प्रहरी नायब उपरीक्षक (डिएसपी) दुर्गाराज रेग्मीले जानकारी गराएका छन् ।


राति एक बजे भरतपुर १६ शरणपुरमा कौडा खेल्दै गरेका १९ जना समातिएका छन् । उनीहरुको साथबाट एक लाख ४९ हजार ६८५ रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ । त्यसैगरी प्रहरीले भरतपुर १५ को फूलबारी कमलपोखरीबाट पैसाको बाजी राखेर कौडा खेल्दै गरेका चारजनालाई समाएको छ । उनीहरुको साथबाट प्रहरीले तीन लाख ६ हजार २६५ रुपैयाँ नगद बरामद गरेको छ ।

प्रकाशित : कार्तिक २२, २०७५ १८:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?