कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

युवाहरुको आक्रमणबाट ८ घाइते

टीकाप्रसाद भट्ट

रामेछाप — मन्थली नगरपालिका–७ भटौलीमा शुक्रबार राति युवाहरुको आक्रमणमा परि ८ जना घाइते भएका छन् । घाइते मध्ये ३ को अवस्था गम्भीर छ । 

पुरानो रिसिइबीका कारण उक्त घटना भएको स्थानीयले जनाएका छन् । जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार पूर्णबहादुर माझी, समिर माझी, सोममाया माझी, चन्द्रमाया माझी, मिलन माझी, सन्तोष माझी, खेमवहादुर माझी र सन्तोष माझी (ख) घाइते भएका छन् । घाइते सबैलाई थप उपचारका लागि काठमाडौं पठाइएको छ ।


कुटपिटमा संलग्न बलबहादुर माझी, चित्रे माझी, दिलीप माझी, भक्तवहादुर माझी, बमबहादुर माझी, जय माझी, सोमबहादुर माझी र विष्णु माझी फरार छन् । प्रहरीले कुटपिटमा संलग्नको खोजी तीब्र बनाएको छ ।

प्रकाशित : कार्तिक २४, २०७५ १०:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?