१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

५ दिनपछि पाँच किशोरी सुर्खेतमा फेला

कृष्ण थापा

नुवाकोट — तिहारमा देउसीभैलो खेल्न गएका पाँच किशोरीहरु ५ दिनपछि फेला परेका छन् । लिखु गाउँपालिका-३ सूर्यमतिका ५ जना किशोरीहरु दैउसी भैलो खेल्न भनि हिडेँकोमा उनीहरुलाई सुर्खेत भेरीगंगा नगरपालिका-१२ छिञ्चु स्थित निर्मल विकको घरबाट जिल्ला प्रहरी कार्यालय सुर्खेतको सहयोगमा उद्धार गरी प्रहरी कार्यालय नुवाकोट ल्याईएको छ ।

लिखु गाउँपालिका-३ सूर्यमतिका १३ वर्षीया सविना थापामगर, १४ वर्षीया सामना थापामगर, १६ वर्षीया सम्झना थापामगर, १४ की रोमा थापामगर, १३ की सुजना तामाङ छन् ।


उनीहरु बुधबार साँझ सातबजे भैलो खेल्न भनी घरबाट निस्केकोमा सम्पर्कविहीन भएका थिए । बिहीबार दिउँसोसम्म फेला नपरेपछि उनीहरुका अभिभावकले नातागोता समेतमा खोजतलास गर्दा फेला नपरेपछि प्रहरी चौकी ढिकुरेमा जानकारी गराएका थिए ।


तत्काल जिल्ला प्रहरी कार्यालय नुवाकोटले खोजतलास गर्दा सुर्खेतको छिन्चु ईलाका प्रहरी कार्यालयले भेरी गंगा नगरपालिका–१२ सुर्खेतस्थित निर्मल विकको घरको दोस्रो तल्लामा लुकाई राखिएको अवस्थामा फेला परेको थियो ।


निज विक लिखु गाउँपालिका सूर्यमति क्षेत्रतिर ट्रायाक्टर चलाउने काम गर्दै आएका थिए । किशोरीहरुको बयानको आधारमा निर्मल विक र लिखु गाउँपालिका-४ का २४ वर्षीय विकाश प्याकुरेललाई जिल्ला अदालत नुवाकोटबाट ३ दिनको म्याद थप गरी अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी प्रमुख एसपी बसन्तबहादुर कुँवरले जानकारी दिए ।


प्याकुरेलले बुधबार राति २–२ जना गरी मोटर साईकलमा राखेर विदुर नगरपालिका-२ मा रहेको एक होटलमा राखेका थिए । त्यसपछि उनीहरुलाई काठमाडौं हुँदै सुर्खेत लगिएको थियो । उनीहरुलाई बुटबल लैजाने तयारी गर्दा प्रहरीले पक्राउ गरेको बुझिएको छ ।

प्रकाशित : कार्तिक २६, २०७५ १६:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?