कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

चितवनमा छठ, सबैको जमघट

रमेशकुमार पौडेल

चितवन — मिथिला क्षेत्रमा त्यहाँका बासिन्दाले मनाउने छठ अन्य क्षेत्र र समुदायमा पनि फैलदो छ । छठ पूजाका लागि मंगलबार अस्ताउँदो सूर्यलाई अर्घ दिन नारायणगढको नारायणी नदी किनारमा ठूलो संख्यामा भक्तजनहरु भेला भएका थिए।

चितवनमा छठ, सबैको जमघट

मिथिलावासीसँगै अर्घ दिनेमा अन्य समुदायका पनि सहभागि भएको देखिन्थ्यो । कोही भर्खर सिक्दै थिए कसैले छठको व्रत लिएर विधिपूर्वक पुजा गर्न थालेको वर्षौँ भएको थियो ।


भरतपुर हाकिम चोककी जुना पौडेलले बहिनी गीता र आमासँगै नारायणी नदी किनारमा अस्ताउँदो सुर्यलाई अर्घ दिदै थिइन् । ‘आमा र बहिनी मैले व्रत बसेरै विधिपूर्वक पुजा गर्न थालेको वर्ष दिन भयो । छठ मानउनेहरुसँग सबै कुरा सिकेर व्रत सुरु गरेका हौँ’ जुनाले भनिन् । अब वर्षेनी व्रत र पूजा गर्दै जाने उनले बताइन् । भाकल पुरा भएकै कारण लामो समयदेखि छठ मनाउँदै आएको इन्द्रकला लम्सालले बताइन् ।


‘नारायणगढका मान्छे मात्रै हैन पोखरा र पर्वतका मान्छेहरु पनि यहाँ आएर पुजा गर्छन् । यो पर्व अब मिथिलावासीको मात्रै भएन चितवनदेखि निकै परपर फैलिसकेको छ’ स्थाानीय लक्ष्मण साह कानुले भने । चितवनमा पाँच वर्षयता नारायणगढमा मात्रै नभएर अरु ठाउँमा पनि छठको पुजा हुँदै आएको छ । तराई सामुदायिक सेवा समितिका उपाध्यक्ष राजेशबाबु गुप्ता माडी, पदमपुर, रत्ननगर र खैरहनीमा छठ पुजा हुने बताउँछन् ।


‘पूर्वी तराईबाट आएर चितवन बसेकाहरु पहिला जहाँ पुरानो घर थियो त्यही गएर छठ मनाउने चलन थियो । तर अहिले आफू बसेकै ठाउँमा छठ मनाउने गरिन्छ । त्यसैले ठाउँ पनि फैलदो छ । मनाउनेहरुको जमघट पनि वर्षेनी बढ्दो छ’ उपाध्यक्ष गुप्ताले भने ।

प्रकाशित : कार्तिक २७, २०७५ १८:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?