कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

भीख मागेर वृद्धाश्रमलाई ५ लाख

प्रताप विष्ट

काठमाडौँ — हेटौंडा उपमहानगरपालिका–२ स्थित ओम वृद्धाश्रममा आश्रय लिएर वसेका एक वृद्धले दैनिक रुपमा मागेर आश्रमलाई हालसम्म ५ लाख रुपैया सहयोग गरेका छन । 

भीख मागेर वृद्धाश्रमलाई ५ लाख

स्याङजा घरभई आश्रममा १२ वर्षदेखि आश्रय लिदै आएका ८५ वर्षीय खिना गिरीले ३ वर्षको विचमा भीख मागेर पाँच लाख रुपैया आश्रमलाई सहयोग गरेका छन । ‘भीखमागेर जम्मा भएको र वृद्ध भत्ताको रकम आश्रमलाई दान दिने गरेको छु’वृद्ध गिरीले भने,‘यो मेरो घर हो,भएको सवै यही नै दिने हो ।’


सेतै फुलेको लामो दारी भएका गिरी विहान सधै भिख माग्न हेटौडाका विभिन्न भागमा पुग्ने गर्छन । भीख मागेर ल्याएको चामल पैसा सवै आश्रममा दिने गर्छन । आश्रमको मंगलवार आयोजित १२ औ वार्षिक साधारण सभामा मुख्यमन्त्री डोरमणि पौडेलले वृद्ध गिरीलाई सयपत्री मालाले सम्मान गरे ।


‘वृद्ध गिरी आश्रममा साहारा लिएर वसेका भएपनि आश्रमका एउटा मुख्य दाता हुन’आश्रमका अध्यक्ष पौडेलले भने,‘उनलाई आश्रमले पाल्नु परेको छैन, आश्रमलाई उनले पालेका छन ।’युवा अवस्थामा नै भारत छिरेका गिरीले उतै विवाह गरेका थिए । त्यो विवाह पनि लामो अवधि टिक्न सकेन । त्यसपछि पहेलो वस्त्र लगाएर उनी भारतका विभिन्न भाग घुम्दै नेपाल आईपुगेका हुन । २०६४ सालमा उनी घुम्ने क्रममा हेटौडा आएका थिए । हेटौडा आईपुगेको केही महिनापछि आश्रमको स्थापनासंगै उनले आश्रम आश्रय लिन थालेका हुन ।


प्रत्येक जिल्लामा बृद्धाश्रम

मुख्यमन्त्री पौडेलले हेटौडा उपमहानगरपालिका(२ चौकिटोलस्थित ओम वृद्धाश्रमको १२ औ वार्षिक साधारण सभाको मंगलवार उदघाटन गर्दै वृद्धवृद्धा सवैले सम्मानका साथ व्यवहार गर्नु पर्ने वताए । ‘वृद्धवृद्धाहरूले अहिले कष्टभोगिरहनु परेको छ’ उनले भने, ‘सरकारले गर्नु पर्ने काम अहिले मानविय भावना वोकेकाहरूले स्थापना गरेको वृद्धाश्रमले वृद्धवृद्धाहरूको स्याहार(सुसार र हेरविचार गरिरहेका छन ।’ वृद्धाश्रमका संचालकहरूको प्रसंशा गर्दै उनले भने,‘ वृद्धाश्रम धेरै खोल्ने होइन, भएकाहरूको क्षमता विस्तार गर्नु पर्छ ।’ उनले संघीय सरकारले प्रत्येक जिल्लामा एउटा वृद्धाश्रम स्थापना गर्ने घोषणा गरेको जानकारी गराएका थिए ।


वर्तमान संघीय सरकारले आफनो कार्यकालमा वृद्धवृद्धाहरूलाई ५ हजार रुपैया वृद्ध भत्ता उपलब्ध गराउनेसमेत जानकारी गराए । वृद्धाश्रमका अध्यक्ष वुद्धिप्रसाद पौडेलको अध्यक्षतामा संचालित उक्त कार्यक्रममा वृद्धाश्रमको गतिविधी वारे जानकारी गराएका थिए । वृद्धाश्रमलाई एक वर्ष भित्र एक लाख भन्दावढी सहयोग गर्नेहरूलाई सम्मान गरिएको थियो ।


उक्त वृद्धाश्रममा ११ जना वृद्धासहित ३० वृद्धवृद्धा छन । एक वर्ष भित्रका चार जना वृद्धवृद्धाहरूको आश्रममा नै मृत्यु भएको जानकारी गराईएको थियो । २०६४ सालमा स्थापना गरिएको उक्त वृद्धाश्रममा हालसम्म १२ जनाको मृत्यु भइसकेको छ । आश्रमले ३६ वृद्धवृद्धाहरूलाई परिवारमा पुर्नस्थापना गराएको आश्रमका अध्यक्ष पौडेलले वताए ।

प्रकाशित : कार्तिक २८, २०७५ १०:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?