१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

प्रधानमन्त्रीको कार्टुन प्रकरणमा पक्राउ परेका दुबै साधारण तारेखमा रिहा

नगेन्द्र अधिकारी

काभ्रे — प्रधानमन्त्रीको तस्बिर बिगारेर फेसबुकमा सेयर गरेको आरोपमा पक्राउ परेका नेविसंघ तपेश्वर मावि इकाई अध्यक्ष कृष्ण ढकाल साधारण तारेखमा रिहा भएका छन् ।

सोही पोष्ट ‘स्कृनसट’ गरी प्रहरी र पत्रकारको आन्तरिक ग्रुपमा सेयर गरेको आरोपमा पक्राउ परेका कविराज ढकाल पनि साधारण तारेखमा रिहा भएका हुन् ।


जिल्ला अदालत काठमाडौंका न्यायधीश रमेशराज पोखरेलको इजलासले साधारण तारेखमा रिहा गर्न आदेश दिएको हो ।


कुकुर तिहार र भाइटीकाको दिन पक्राउ परेका ढकालद्वयलाई महानगरीय अपराध अनुसन्धान परिसरले विद्युतीय कारोबारअन्तर्गत मुद्दा चलाएर महानगरीय परिसर टेकुको हिरासतमा राखेको थियो ।


आफ्ना नेताको रिहाईको माग गर्दै नेविसंघले चरणबद्ध आन्दोलन गरेको थियो । कार्तिक २४ र २५ गते काभ्रेमा शैक्षिक हड्ताल गरेको नेविसंघले प्रधानमन्त्री केपी ओलीको पुत्ला दहनसमेत गरेको थियो ।

पक्राउ परेका दुबै मण्डन देउपुर ५ गैरीबिसौना निवासी हुन् । १६ वर्षका कृष्ण स्थानीय तपेश्वर माविमा नेविसंघका इकाई अध्यक्ष हुन् । कुकुर तिहारको दिन प्रधानमन्त्री ओलीको फोटो कुकुरको शरीरमा जोडिएको फोटो सामाजिक सञ्जालमा उनले सेयर गरेका थिए । उनको पोस्ट पत्रकार ढकालले ‘स्क्रिनसट’ गरेर प्रहरी र पत्रकारको आन्तरिक ‘ग्रुप च्याट’मा हालेका थिए ।

प्रकाशित : कार्तिक ३०, २०७५ १६:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?