कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७७

२५ बिघामा लगाइएको गाँजाखेती नष्ट

राजकुमार कार्की

कपिलाकोट (सिन्धुली) — मरिण गाउँपालिकाको विभिन्न वडाहरुमा लगाइएको गाँजाखेती प्रहरीले फँडानी गरेको छ । वडा नं ३ को बरुण भलायोमा २१ बिघा र वडा नं १ को टुँडिखेल र बेदपानीमा ४ बिघा जग्गामा गरिएको गाँजाखेती प्रहरीले नष्ट गरेको हो ।

२५ बिघामा लगाइएको गाँजाखेती नष्ट

शुक्रबार फँडानी गरिएको गाजाको बजार मूल्य ८ करोड बराबरको रहेको छ ।


प्रदेश प्रहरीबाट आएका २५ जना र सिन्धुलीका निमित्त प्रहरी प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक लोकदर्शन थापाको नेतृत्वको टोलीले गाँजा फँडानी गरेको हो । त्यसअघि प्रहरीले साता लामो अनुसन्धान गरेको थियो ।


फँडानीका लागि लागूऔषध नियन्त्रण व्यूरोबाट कपिल कार्कीको नेतृत्वमा समेत टोली आएको थियो । कार्कीका अनुसार त्यस क्षेत्रको गाँजाखेती विकासे चिप्पड हो ।


गाजा फँडानी तथा नष्ट गर्दा स्थानीका घरमा महिलाहरु मात्र रहेका थिए । पुरुष जति प्रहरी देखेर भागेका थिए । टोलीमा संलग्न इलाका प्रहरी कार्यालय कपिलाकोटका प्रहरी निरीक्षक जयदेव माझीका अनुसार प्रहरीलाई देख्ने बित्तिक्कै पुरुषहरु भाग्ने र घरमा भएका महिला केटाकेटीहरुलाई केही नभन्न भन्छन् ।


स्थानीय ६० वर्षीय एक वृद्धले गाँजा फँडानी गर्दा रुँदै अब आफ्नो र परिवारको बिचल्ली हुने जनाइन् । उनले प्रहरी फँडानी गर्ने भन्ने थाहा नभएको सुनाइन् । निमित्त प्रहरी प्रमुख थापाका अनुसार ३ नं प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक दीपक थापाको सक्रियतामा गाँजा फडानीलाई अभियानकै रुपमा चलाइने बताए ।

प्रकाशित : कार्तिक ३०, २०७५ १८:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?