२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५९

हत्यारा पत्ता नलागेसम्म अन्तिम संस्कार नगर्ने परिवारको अडान 

नगेन्द्र अधिकारी

काभ्रे — मृत अवस्थामा फेला परेका बालकको ‘हत्या’ भएको हुनसक्ने भन्दै परिवारले हत्यारा पत्ता नलागेसम्म शवको अन्तिम संस्कार नगर्ने बताएका छन् । कार्तिक २६ गतेदेखि हराएर २८ गते महाभारत–२ स्थित सातबिसे खोल्सी जंगलमा मृत फेला परेका सोही वडाका ५ वर्षीय विजय घिसिङ्गको शव जलाउन परिवारले नमानेका हुन् ।

हत्यारा पत्ता नलागेसम्म अन्तिम संस्कार नगर्ने परिवारको अडान 

२९ गतेदेखि शव महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा छ । मृतकका परिवारले जिल्ला प्रहरी कार्यलय र प्रशासन कार्यलयमा जाहेरी दिएका छन् ।


‘घटना शंकास्पद भएकाले शव जलाएका छेनौं,’ मृतक ठूलोबुवा बलिमानले भने, ‘पोष्टमार्टमको रिपोर्टपछि मात्र जलाउन नजलाउने निर्णय हुन्छ ।’ आइतबार नै पोष्टमार्टम गरिएको छ । बालक हराएको दिन आमा डोल्मो माया घरमा थिइनन्, बाबु लप्पन पनि काममा गएका थिए । दाजु बुद्धले भाइको रेखदेख गर्ने र बस्तुभाउ चराउने काम गर्दै आएका थिए ।


हराएको दिन दाजुले घरमा नै छोडेर बाख्रा चराउन गएको थिए । ‘भाइ एक्लै खेल्न जाँदा पनि फर्किएर आउँथ्यो तर त्यो दिन फर्केर आएन,’ ठूलो बुवा वलिमानले भने, ‘त्यति धेरै टाढा पनि जादैनथ्यो, कसैले फकाएर लगेर घटना गराएको हुन सक्छ ।’ मृतक भेटिएको स्थान घरबाट २ किलोमिटरको दुरीमा छ । महाभारत श्रृखंला पर्ने उक्त स्थानमा घना जगंल भएकाले पुग्न कम्तीमा एक घण्टा लाग्छ ।


काभ्रेका डिएसपी दिपक गिरीले अनुसन्धान भइरहेको बताए । ‘अनुसन्धान भइरहेको छ,’ उनले भने, ‘पोष्टमार्टम रिर्पोटपछि मात्रै केही भन्न सकिन्छ ।’ बालबालिकाको केश ‘संवेदनशील’ हुने भएकाले पोष्टमार्टमको लागि त्रिवी शिक्षण अस्पताल पठाइएको उनले जानकारी दिए ।



प्रकाशित : मंसिर २, २०७५ १४:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?