ट्रकले च्यापिएर २ युवकको मृत्यु 

प्रताप विष्ट

हेटौडा — पूर्वपश्चिम राजमार्गअन्तर्गत हेटौंडा उपमहानगरपालिका—९ पशुपति नगरमा ट्रकले च्यापिएर दुई युवकको आइतबार मृत्यु भएको छ ।

ट्रकले च्यापिएर २ युवकको मृत्यु 

मृत्यु हुनेमा ना ४६ प ६२१ नम्बरको मोटरसाइकल चालक हेटौडा उपमहानगरपालिका-४ का २० वर्षीय सुदिप घिमिरे र ना १ ह ८९५९ नम्बरको अटोमा सवार हेटौंडा-४ कै ३५ वर्षीय गंगा चेम्जोङ रहेका छन् ।


ट्रक अनियन्त्रित भएर सडकमा पल्टिएको प्रहरीले जनाएको छ । ट्रक सडकमै पल्टिएपछि राजमार्गसमेत केही समय अवरुद्ध भएको थियो । स्थानीय र प्रहरीले ट्रक हटाएर राजमार्ग सञ्चालनमा ल्याएका थिए ।

प्रकाशित : मंसिर २, २०७५ १४:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?