२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३१७

पिस पार्कमा फिलिपिनो राजकुमारी 

प्रताप विष्ट

हेटौडा — मकवानपुरको मनहरी गाउँपालिका–८, सिमपानीस्थित निर्माणाधीन पर्यटकीय क्षेत्र पिस पार्कको सोमबार फिलिपिनो राजकुमारी र शान्ति दूतले अवलोकन गरेका छन् ।

पिस पार्कमा फिलिपिनो राजकुमारी 

फिलिपिन्सकी राजकुमारी मारिया लियोन टोरिसर्स र शान्ति दूत अफिनिता चाइचाना पिस पार्कको अवलोकन भ्रमण गर्दै आफूहरुलाई नेपाल मन परेको बताएकी छन् ।


‘यहाँको हावापानी मात्र होइन । मानिसहरु पनि साह्रै सहयोगी र मायालु भावनाको रहेछन्’उनले भनिन,‘निर्माणाधिन पिस पार्कको विकासमा आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने।’ उनले पिस पार्क निर्माणमा देखिएको उत्साहलाई कायम राख्न समेत सुझाइन् ।


राजकुमारी सहितको टोलीले त्यसक्षेत्रको भ्रमणसँगै ‘सकारात्मक चिन्तनले मानसिक शान्ति’ विषयक प्रवचन कार्यक्रममा समेत सहभागिता जनाएको छ । उनको स्वागतमा आयोजित सभामा प्रदेश-३ का सभामुख सानुकुमार श्रेष्ठ,प्रदेश-३ का कांग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँ,प्रदेशसभा सदस्यद्वय मुनु सिग्देल र गीता वाग्ले लगायतको सहभागिता रहेको थियो ।


ब्रह्मकुमारी राजयोग सेवा केन्द्र हेटौंडाको निमन्त्रणामा राजकुमारी पिस पार्कमा आएकी हुन् । पिसपार्कमा निर्माण भएको बुद्धको प्रतिमा,दुईवटा गोलघर,मुख्य गेट लगायतका संरचनाहरुका उद्घाटन गरेकी थिइन् । ७ हेक्टर क्षेत्रमा फैलिएको पिसपार्कमा ध्यान केन्द्र, पोखरी, गुम्बा, आमाघर (आश्रम) लगायत भौतिक पूर्वाधार निर्माण गर्न बाँकी रहेको मनहरी गाउँपालिका अध्यक्ष एकराज उप्रेतीले बताए ।


सिमपानी देवकोट संयुक्त सामुदायिक वन क्षेत्रमा विगत तीन वर्षदेखि पिस पार्क निर्माण भईरहेको छ ।

प्रकाशित : मंसिर ३, २०७५ १८:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?