किशोरी बलात्कारका आरोपित दिल्लीबाट पक्राउ

रमेशकुमार पौडेल

चितवन — १२ वर्षीया किशोरीलाई बलात्कार आरोपित युवक भारतको दिल्लीबाट पक्राउ परेका छन् । भरतपुर महानगरपालिका–१३ का २७ वर्षीय राजन विकलाई चितवन प्रहरीले शनिबार दिल्लीको गुडगाँवबाट पक्राउ गरेको हो । 

किशोरी बलात्कारका आरोपित दिल्लीबाट पक्राउ

कात्तिक २४ गते शनिबार उनले किशोरीलाई जवरजस्ती करणी गरेको मंगलबार आयोजित पत्रकार सम्मेलनमा चितवनका प्रहरी उपरीक्षक (एसपी) सुशिलसिंह राठौरले जानकारी दिए ।


‘साँझ अन्दाजी साढे सात बजे राजनले ती किशोरीलाई आफ्नो मोटरसाइकलमा राखेर सुनसान ठाउँमा पुर्‍याएर जर्बजस्ती करणी गरेको उजुरी हामीलाई प्राप्त भएको थियो,’ एसपी राठौरले भने ।


घटनाको भोलिपल्ट मध्यान्हपछि प्रहरीमा उजुरी आएको थियो । त्यसपछि प्रहरीले खोजी गर्दा आरोपित राजन फेला पर्न सकेका थिएनन् । उनले प्रयोग गर्ने मोबाइलले बर्दघाट र बुटवल बसेको देखाएपछि राजनलाई समाउन प्रहरीले टोली बनाएको थियो ।


प्रहरी निरीक्षक गणेश पौडेल नेतृत्वको टोलीले घटनाको साता दिनपछि राजनलाई समातेको हो । ‘मोबाइल फोनको लोकेसनका आधारमा हामीले उनलाई समाउन सक्यौं । उनी श्रमतीसहित सुनौली हुँदै भारत पसेर दिल्ली पुगेका थिए । नेपालबाट लुक्दै भागे पनि उनलाई भारत पुगेरसमेत समायौं’ चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता रहेका प्रहरी नायब उपरीक्षक (डिएसपी) दुर्गाराज रेग्मीले भने ।


डिएसपी रेग्मीका अनुसार उनलाई हिरासतमा राखेर अनुसन्धान गर्न चितवन जिल्ला अदालतले प्रहरीलाई सात दिनको म्याद दिएको छ । उनीमाथि लागेको अपराध प्रमाणित भए १४ देखि १६ वर्षसम्म कैद सजाय हुन सक्छ । मुलुकी अपराध (संहिता) २०७४ को परिच्छेद–१८ दफा २१९ को उपदफा ३ (ख) अनुसार १० वर्षदेखि माथि १४ वर्षभन्दा कम उमेरकी बालिकालाई जबरजस्ती करणी गरेमा यो सजय हुने व्यवस्था रहेको रेग्मीले बताए ।

प्रकाशित : मंसिर ४, २०७५ ११:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?