२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८८

कालिञ्चोकमा केबुलकार सञ्चालन

राजेन्द्र मानन्धर

दोलखा — दोलखाको धार्मिक तथा प्राकृतिक पर्यटकीय क्षेत्र कालिञ्चोकमा सोमबारदेखि व्यवसायिक रुपमा केबुलकार सञ्चालन भएको छ ।

कालिञ्चोकमा केबुलकार सञ्चालन

रोल्वालिङ र लाङटाङ हिमाल हेर्दै केवल कारमा यात्रा गर्न सकिने भएकाले तीन हजार आठ सय ४२ मिटर अग्लो स्थान कालिञ्चोकमा मानिसहरुको चाप बढेको छ ।


स्वीटजरल्याण्डको प्रविधि रहेको उक्त केबुलकार आन्तरिक समस्याका कारण केही सयम रोकिएको थियो । आइतबार अन्तिम परीक्षणको प्रमाणपत्र प्राप्त पछि पूर्णरुपमा सञ्चालनमा आएको कालिञ्चोक दर्शन प्रालिले बताएको छ ।


नेपालमा हालसम्मको सबैभन्दा उच्च स्थानमा रहेको उक्त केबुलकार कालिञ्चोक कुरीबाट टुप्पामा रहेको कालिञ्चोक भगवती मन्दिरसम्म सञ्चालित छ ।

प्रकाशित : मंसिर १०, २०७५ १२:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?