कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

जुनारमा किराको प्रकोप

माझकुभिण्डेका कृषकहरूको बोट नै व्यापारीले ठेक्का लिए भने डुँडेका कृषकका जुनार उनीहरूले रुचाएनन्
राजकुमार कार्की

सिन्धुली — छिमेकीले गाँउका एकैसाथ आम्दानी लिने कृषक यतिखेर दुई कित्तामा बाँडिएका छन् । गोलन्जोर गाउँपालिका ४ को माझ कुभिण्डे र डुँडेका कृषकहरू यसरी बाँडिएका हुन् ।

जुनारमा किराको प्रकोप

यसरी कित्ताकाट भने आफ्नो बगैंचामा भएको जुनारले गराइदिएको हो । माझकुभिण्डेका कृषकहरूको बोट नै व्यापारीले ठेक्का लिए भने डुँडेका कृषकका जुनार उनीहरूले रुचाएनन् ।


तीन वर्ष अघिदेखि जुनारमा किरा भेटिएपछि व्यापारीहरू रोजीछाडी जुनार छान्न थालेका छन् । एक व्यापारीका अनुसार डुँडेका कृषकको बगैंचामा रहेको जुनारमा ८० प्रतिशतमा किरा लागेको छ । माझ कुभिण्डेमा भने यसै वर्षदेखि गरिएको रोकथामका कारण २५ प्रतिशतमा मात्र किरा पाइएको छ ।


डुँडेका जुनार कृषक नारायण कुँवरका अनुसार गत वर्ष आधा जुनार किरा लागेर झरेको यो वर्ष झण्डै सखापको हाराहारीमा छ । ‘किरा लागेको जुनार बोट नै रित्तिने गरि झरिगयो, बाँकी भएको पनि व्यापारी किन्न मान्दैनन्,’ उनले आफ्नो पीडा पोखे । भन्छन्,‘ किरा लागेको त झरिसक्यो, बाँकी भएको राम्रो छ, लैजानुस भन्दा व्यापारीहरू मान्दै, मान्दैनन् ।’


डुँडेका अधिकांश कृषकको रोजगारी भनेकै जुनार, सुन्तला खेती हो । उनीहरूले यसबाटै घरखर्चदेखि लिएर सबै जोहो टार्नु पर्छ । ‘हाम्रो रोजगार नै यहि हो’ उनले थपे । गत वर्ष जुनार सुन्तलाबाट २ लाख रुपैंया आम्दानी लिएका कृषक कुँवरले यो वर्ष सुन्तलाबाट ५० हजार लिए भने जुनारबाट शून्य छ, । यो वर्ष दाना लागे अनुसार जुनारबाट मात्रै तीनलाख आम्दानी लिने सोंच बनाएको थियौं, उनले भने,‘ तर सबै जसो किरा लागेर जुनार झर्‍यो, आम्दानी सुको छैन ।’


माझकुभिण्डेको जुनारमा पनि किरा नलागेको भने होइन् । तर प्रधानमन्त्री सुपरजोन कार्यक्रम अन्तर्गत त्यस क्षेत्रको ८ सय रोपनी जग्गामा लगाइएको जुनारलाइ पकेट क्षेत्र बनाई किरा नियन्त्रण कार्यक्रम यसै वर्षदेखि शुरु गरेपछि केही कमि भएको छ । गत वर्ष किराले बोटमा सबै जुनार सखाप पारेको सुनाउदै माझकुभिण्डेकी शान्तिकुमारी मगर यो वर्ष थोरै मात्र झरेको बताउछिन् ।


भन्छिन,‘ पोहोरसाल एकदाना पनि रहेन तर यसपाली भने केही दाना मात्र झरेको छ, अब पाक्यो झर्ने यति नै हो, यो वर्ष राम्रै आम्दानी लिन सकिन्छ ।’ प्रधानमन्त्री सुपरजोन कार्यक्रमले १० लाख र कृषकका तर्फबाट कर्मा केमिकल्सले १० लाख लगानी गरेर किरा मार्ने विषादी प्रयोग गरेपछि माझ कुभिण्डेको जुनारमा किरा कमि भएको हो । सात जनाको टोली परिचालन गरेर किटनाषक औषधी छर्ने कार्य गएको बैशाख महिना देखि असारसम्म गरिएको कृषि प्राविधिक जहानबहादुर कार्कीले बताए ।


प्रधानमन्त्री जुनार सुपर जोन कार्यालयका प्रमुख देवराज अधिकारीका अनुसार तीन, चार वर्ष अघिदेखि सिन्धुलीको माहाभारत उत्तरतर्फ क्षेत्रमा हुने जुनार खेतीमा व्याक्टोसेरा –(मिनाक्स) नामक किरा लाग्न थालेको हो । जुनारको फल लाग्ने बित्तिक्कै उक्त किराले फुल पार्ने र पछि त्यसबाट औंसा किरा जुनार भित्र हुर्कदै जानाले सबै त्यहि औंसालार्भाले रस चुसेपछि जुनार झर्ने गर्दछ ।


यो वर्ष ८ सय रोपनीको पकेट क्षेत्र बनाइ कार्यक्रम शुरु गरिएको छ । ‘यो सफल भएमा क्षेत्र बिस्तार गर्छौं’ उनले जनाए ।

प्रकाशित : मंसिर १३, २०७५ ०७:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?