बिनास्वीकृति औषधि पसल

भक्तपुर — भक्तपुर नगरमा बिनास्वीकृति औषधि पसल सञ्चालन गरेको पाइएको छ । भक्तपुर नगरपालिका अनुगमन समिति संयोजक एवं वडा नम्बर ३ का वडाध्यक्ष राजकृष्ण गोराको नेतृत्वमा गएको अनुगमन टोलीले दुधपाटीमा सञ्चालित १० वटा औषधि पसलमा गरेको छ ।

बिनास्वीकृति औषधि पसल

जसमध्ये अधिकांश औषधि पसल बिनादर्ता चलाएको पाइएको हो ।


अनुगमन निरीक्षक रामकृष्ण प्रजापतिका अनुसार सिद्धपोखरी क्लिनिक, डोलेश्वर फर्मा, अल्फाज मेडिकल हलले औषधि पसल सञ्चालनको अनुमति लिएका छैनन् । भक्तपुर अस्पतालले बिमाको औषधि दिने पसलले समेत दर्ता गरेका छैनन् ।


त्यसैगरी, दुधपाटीस्थित बोय्जू फार्मेसीले सिद्धपोखरी क्लिनिक दर्ता नगरी सञ्चालन गरेको, क्लिनिकमा आउने डाक्टरहरूको नामावली बोर्डमा नराखेको पाइएको छ । प्राइम डेन्टल क्लिनिक, उत्तम मेडिकल हलमा औषधि पसलमा बस्ने व्यक्ति अनुमति प्राप्त हुनुपर्ने, प्यान र भ्याट बिल प्रयोग गर्नुपर्ने सुझाव दिएका छन् ।


अनुगमन टोलीले औषधि बिक्री गर्न अनुमति प्राप्त व्यक्तिले मात्रै औषधि बिक्री गर्न, तत्काल पसल दर्ता गर्न, म्याद गुज्रेको औषधि पसलबाट तत्काल हटाउन र मानवीय स्वास्थ्यसँग खेलबाड नगर्न औषधि पसल सञ्चालकलाई निर्देशनसमेत दिएको छ ।


अनुगमन टोलीमा समितिका सदस्य रोशनमैयाँ सुवाल, नगरपालिका स्यानिटेसनका निरीक्षक दिलीपकुमार सुवाल, निरीक्षक रामकृष्ण प्रजापति, राष्ट्रिय उपभोक्ता मञ्चका लक्ष्मी भण्डारी, प्रहरी रामशरण तामाङ, जनस्वास्थ्यका जमुना काफ्ले जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि, भक्तपुर उद्योग वाणिज्य संघका प्रतिनिधिको सहभागी थिए ।


प्रकाशित : मंसिर १९, २०७५ ०८:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?