ट्रकको ठक्करले महिलाको मृत्यु 

हरिहरसिंह राठौर

गजुरी (धादिङ) — नुवाकोट त्रिशूलीबाट नारायणगढतर्फ जाँदै गरेको ना ६ ख ७६२३ नम्बरको ट्रकले गजुरी बजारमा ठक्कर दिँदा ४० वर्षीया महिलाको घटनास्थलमै मृत्यु भयेको छ । ठक्करबाट गजुरी ५ की लक्ष्मी राईको मृत्यु भएको प्रहरी निरीक्षक नबराज ढुंगेलले जानकारी दिए ।

ट्रकको ठक्करले महिलाको मृत्यु 

ठक्कर दिने ट्रक र चालक चितवन खैरेनी १ का २८ वर्षीय सुरज नेपाललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित : मंसिर २०, २०७५ १७:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?