१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४७

कार्यालय भवन शिलान्यास, लागत ४ करोड ५५ लाख ६७ हजार

नुवाकोट — शिवपुरी गाउँपालिकाको कार्यालय भवनको शिलान्यास गरिएको छ । जिल्लाको १२ वटा स्थानीय तहमध्ये भवन शिलान्यास गर्ने यो पहिलो गाउँपालिका भएको छ ।

कार्यालय भवन शिलान्यास, लागत ४ करोड ५५ लाख ६७ हजार

शिवपुरी गाउँपालिकाले बुधबार वडा नम्बर ५ स्थित शेराबगरमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व अर्थमन्त्री डा. रामशरण महत र अर्का केन्द्रीय सदस्य तथा पूर्व सहरी विकासमन्त्री अर्जुननरसिंह केसीले संयुक्तरूपमा शिलान्यास गरे । भवनको लागत ४ करोड ५५ लाख ६७ हजार २ सय ७३ रुपैयाँ छ ।


सुविधा सम्पन्न तीनतल्ले भवनमा २९ कोठे भवन निर्माण हुने गाउँपालिका प्रमुख रामकृष्ण थापाले बताए । एक वर्षभित्रमा भवन निर्माण सम्पन्न गरी गाउँपालिकालाई हस्तान्तरण गर्ने निर्माण व्यवसायी किरातेश्वर कन्ट्रक्सनले जनाएको छ ।

गाउँपालिकालाई जग्गा प्रदान गर्ने दिनेश महत, नरेश महतलगायत जग्गादातालाई सम्मान गरिएको थियो । शिवपुरी गाउँपालिकाको भवन अहिले भाडामा छ ।


प्रकाशित : मंसिर २०, २०७५ २०:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?