१९°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२३

गाँजा र बन्दुकसहित तीन पक्राउ

प्रताप विष्ट

हेटौंडा — धादिङको ओवाङबाट ५ सय केजी गाँजा र पाँच नाल बन्दुकसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

बेनीघाट रोराङ गाउँपालिका २ ओवाङका ३० वर्षीय सानो कान्छा लामालाई पक्राउ गरिएको हो । प्रहरीका अनुसार उनको घरबाट ३ वटा भरुवा बन्दुकसहित १० बोरा गाँजा बरामद भएको छ । बेनिघाट रोराङ गापा २ का वीरबहादुर तामाङको घरबाट एक थान भरुवा बन्दुकसहित १२ बोरा गाँजा बरामद गरिएको छ । तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको छ । ओवाङकै ठुलो कान्छा तामाङलाई २ नाल बन्दुकसहित पक्राउ गरेको धादिङका प्रहरी उपरीक्षक डम्बर विश्वकर्माले बताए ।


जिल्लाको दुर्गम क्षेत्रमा पर्ने ओवाङमा गाँजा व्यापारीहरुले मकवानपुर भएर गाँजा लैजाने तयारी गरेको प्रहरीले जानकारी पाएपछि प्रदेश ३ हेटौडाको प्रहरी कार्यालय, मकवानपुरका डाँडाखर्कका प्रहरी र धादिङको प्रहरी गरी १६ जनाको टोलीले तामाङत्रयको घरमा छापा मारेर २२ बोरा गाँजा र ५ नाल बन्दुकसहित ३ जनालाई पक्राउ गरेको प्रहरी उपरीक्षक विश्वकर्माले बताए । गाँजा भरियाहरु फेला नपारेका कारणले शुक्रबार अपरान्हसम्म जिल्ला प्रहरी कार्यालय धादिङ गाँजा, बन्दुक र पक्राउ परेकाहरु ल्याइसकेको छैन ।


मकवानपुरको मनहरी वा पालुङबाट ल्याउने तयारी भइरहेको छ । ओवाङवाट गजुरी पुग्न ६ घन्टाभन्दा बढी समय लाग्छ । मकवानपुर तर्फबाट ल्याउँदा २ घण्टा मात्रै हिँड्नु पर्छ ।

प्रकाशित : मंसिर २८, २०७५ १५:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?