२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०१

स्थानीय तहका कर्मचारी आन्दोलनमा

कृष्ण थापा

नुवाकोट — स्थानीय तहका कर्मचारीहरु आन्दोलनमा उत्रिएका छन् । स्थानीय तहमा कार्यरत कर्मचारीहरुलाई संविधानअनुसार समायोजन गर्ने गरी अध्यादेशमा परिमार्जन गर्न माग गर्दै उनीहरुले आन्दोलन थालेका हुन् । आन्दोलनको अगुवाई स्थानीय तह ट्रेड युनियन संयुक्त आन्दोलन परिचालन समितिले गरेको छ ।

स्थानीय तहमा कार्यरत अस्थायी, करार, ज्यालादारी कर्मचारीहरुलाई सर्वोच्च अदालतको आदेशको आधारमा विशेष प्रतियोगितामार्फत स्थायी गर्ने र सेवा अवधि गणनाका आधारमा हुने वृत्तिविकासको सुनिश्चितता गर्नुपर्ने उनीहरुको माग छ । त्यसैगरी स्थानीय तहमा फोहारेमैला तथा सरसफाई क्षेत्रमा कार्यरत कर्मचारीहरुको पेसागत सुरक्षाको प्रत्यभूति नगरी निजी क्षेत्रमा लैजान लागेको भन्दै तत्काल रोकी सोही क्षेत्रमा कार्यरत कर्मचारीहरुको रोजगारीको ग्यारेन्टी गर्न माग गरिएको छ ।


आन्दोलन परिचालन समितिले प्रमुख जिल्ला अधिकारीमार्फत सरकारलाई आफ्नो मागका सम्बन्धमा ध्यानाकर्षण गराएका छन् । शुक्रबार कर्मचारीहरुले कार्यालयमा कालोपट्टी बाँधेर १५ मिनेट कलम बन्द गरेका थिए । माग पूरा नभएसम्म विरोधका कार्यक्रम जारी राख्ने समितिका संयोजक पुष्कर शर्मा रिमालले बताए ।

प्रकाशित : पुस १३, २०७५ १६:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?