उजाड जमिन बन्यो हराभरा

प्रताप विष्ट

हेटौंडा — उत्तरी क्षेत्रको मार्खुको नाङ्गो भूभाग हरियाली बनेको छ । मार्खुका महिलाहरू मिलेर एउटा बिरुवा पनि नभएको ठाउ“लाई घना जंगल बनाएका हुन् । अवसर पाए महिलाले विकास निर्माण र संरक्ष्ँण दिगो ढंगले गर्न सक्छन् भन्ने उदाहरण पनि उनीहरूले दिएका छन् ।

उजाड जमिन बन्यो हराभरा

साविकको मार्खु गाविस १ र चित्लाङ गाविस ६ को बीचमा रहेको बोरोपिट सामुदायिक वन त्यस क्ष्ँेत्रका महिलाहरूको परिश्रमको फल हो । ‘यो वन महिलाहरूको पौरख हो,’ इन्द्रसरोवर गाउ“पालिका १ मार्खुका वडाअध्यक्ष्ँ जमानसिंह वाइबाले भने, ‘खाल्टो र बिरुवाविहीन जमिनलाई महिलाहरूले हराभरा बनाएका छन् ।’


कुलेखानी जलविद्युत आयोजनाको इन्द्रसरोवर निर्माण गर्ने क्रममा त्यस क्ष्ँेत्रको सबै माटो झिकेर बा“ध बा“ध्नको निम्ति प्रयोग गरिएको थियो । इन्द्रसरोवरको छेउमा रहेको यस खाल्टोमा भूसंरक्षण र प्राधिकरणको सहयोगमा खाल्टोमा थोरै मात्र माटो हालेर २६ वर्षअघि महिलाहरूको सक्रियतामा उत्तिस र सल्लाका बिरुवा लगाइएका थिए । टौखेल र मार्खुका बासिन्दाले चरन क्षेत्रको रूपमा प्रयोग गर्ने भूभागमा बिरुवा हुर्काउन गाह्रो भएको अनुभव महिलाहरूको छ । तर संगठित महिलाको सक्रियताले बिरुवा हुर्काएर घना जंगलको रूपमा परिणत गराएका छन् ।


बिरुवा हुर्काउनका लागि ६ वर्षसम्म चौपायालाई जंगलभित्र प्रवेश गर्न रोक लगाएका थिए । टौखेल र मार्खुका बासिन्दास“ग उनीहरूले धेरै पौठेजोरी खेलेर जंगल जोगाएका हुन् । ‘जंगलमा चौपायाहरू चराउन नपाएको रिसमा टौखेलका केही पुरुषहरू झगडा गन नै आए,’ उपभोक्ता समितिकी सदस्य आइतीमाया गोले भन्छिन्, ‘यहा“का केहीले समाजविरोधीहरूले वन जोगाउने कार्यको विरोध मात्र गरेका थिएनन्, जंगलमा लगाएका बिरुवा पनि रातारात उखेलेर लैजाने गरेका थिए ।’


उपभोक्ता समितिकी अध्यक्ष फूलमाया थिङ छोराछोरीभन्दा बढी माया गरेर बिरुवा हुर्काएको बताउ“छिन् । ‘बिरुवा खान्छ भनेर चौपायाहरूलाई घरमै बा“धेर पानी बोकेर खुवाए“ तर खोलामा लगिएन,’ उनले भनिन्, ‘छोराछोरीलाई भन्दा बढी माया गरेर बोरोपिटको बिरुवा हुर्काइयो ।’

प्रकाशित : पुस १४, २०७५ १०:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?