१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

नुवाकोटको गेर्खुमा सुख्खा पहिरो : १ को मृत्यु, १ घाइते

कृष्ण थापा

नुवाकोट — विदुर नगरपालिका १० गेर्खुको ढाँडखोलामा मंगलबार साँझ सुख्खा पहिरो जाँदा पैदल हिँडिरहेका एक वृद्धाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । जिल्ला प्रहरी प्रमुख एसपी कृष्णबहादुर पल्लीमगरका अनुसार पहिरोमा परी गेर्खुटारका ७३ वर्षीया प्रेमकुमारी तामाङको मृत्यु भएको हो ।

पहिरोमा परी घाइते भएकी तामाङको जिल्ला अस्पताल त्रिशूलीमा मृत्यु भएको प्रहरीले जनाएको छ । सोही ठाउँकी गम्भीर घाइते ५६ वर्षीया रामकुमारी तामाङलाई काठमाडौं ग्राण्डी अस्पताल लगिएको छ ।


गेर्खु-चोगते सडक खण्डमा दुर्घटना भएको विदुर नगरपालिका १० का वडाध्यक्ष गणेश नेपालले बताए । समयमा वडाध्यक्ष नआएको भन्दै स्थानीयवासीले उनलाई हातपातको प्रयाससमेत गरेका थिए ।


ठेकेदारले राम्ररी काम नगरेकोले सडक भासिएर उक्त दुर्घटना भएको स्थानीयको आरोप छ । उनीहरुले ठेकेदारलाई कारबाही गर्नुपर्ने माग गरेका छन् ।

प्रकाशित : पुस १७, २०७५ २१:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?