कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६५

त्रिशूली जलविद्युत केन्द्रमा आगलागी

कृष्ण थापा

नुवाकोट — नुवाकोट स्थित त्रिशूली जलविद्युत केन्द्रमा आगलगाी भएको छ । केन्द्रको दुईवटा ब्रेकरमा बुधबार साँझ आगलागी भएको हो । आगलागीपछि जिल्लामा विद्युत् आपूर्ति बन्द भएको छ ।

त्रिशूली जलविद्युत केन्द्रमा आगलागी

आगलागी कारण रसुवाको आधा र धादिङको केही क्षेत्रमा पनि विद्युत् आपूर्ति बन्द भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका एसपी कृष्ण पल्ली मगरले जानकारी दिए । आगलागीको कारण खुल्न सकेको छैन ।

आगो नियन्त्रणका लागि नेपाली सेना,नेपाल प्रहरी,सशस्त्र प्रहरी र विदुर नगरपालिकाको दमकल प्रयोग गरिएको थियो । आगो अहिले पूर्ण रूपमा नियन्त्रणमा आएको छ ।


यसले १५ मेगावाटको देवघाट जलविद्युत अायाेजनालाई पनि असर गर्ने बताइएको छ ।

प्रकाशित : पुस १८, २०७५ १९:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?