१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

केरुङ जान चालकलाई १५ दिनको अस्थायी अनुमति

बलराम घिमिरे

रसुवा — जिल्ला बाहिरका कन्टेनर चालकले केरुङसम्म जानका लागि १५ दिनको अस्थायी अनुमति प्रवेश पाउने भएका छन् । मंगलबार रसुवागढी नाकामा नेपाल र चीनका सीमावर्ती जिल्लाका सुरक्षा अधिकारीहरुबीच भएको सीमा सुरक्षा बैठकमा कन्टेनर चालकलाई अस्थायी अनुमित दिने निर्णय भएको प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेलले बताए ।

केरुङ जान चालकलाई १५ दिनको अस्थायी अनुमति

'चीनसँग सीमा जोडिएका जिल्ला बाहिरका कन्टेनर चालको हकमा भने राहदानी हुन पर्छ' उनले भने । मंगलबार सम्पन्न बैठककमा कन्टेनर चालकको लागि १५ दिन अस्थायी अनुमति दिन चीन तयार भएको हो । यो प्रक्रिया तत्काल लागू हुने छ ।


रसुवागढी नाकाबाट हुने व्यापार सहजिकरण गर्नका लागि चालकलाई अस्थायी अनुमित दिने निर्णय भएको प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेलले बताए । राहदानी भएका चालकलाई अध्यामगन कार्यालय रसुवागढीको सिफारिसमा चिनियाँ अध्यागमन कार्यालयले १५ दिनको अस्थायी अनुमति दिने छ । १५ दिनपछि पुन: अध्यागमन कार्यालयको सिफारिसमा अस्थायी प्रवेश अनुमति नवीकरण हुने बैठकमा सहमति भएको छ । जिल्ला बाहिरका व्यापारीहरूको हकमा भने सहज प्रवेश अनुमतिका लागि थप प्रक्रिया अगाडि बढाउने बैठकमा छलफल भएको छ ।


चिनियाँ अधिकारीहरुलाई नेपाली पक्षले वानडे पास नहुँदा व्यापार सहजीकरणमा असहज भएको विगतका बैठकमा अवगत गएका थिए । वानडे पासको व्यवस्था नहुँदा रसुवा जिल्लाभन्दा बाहिरका व्यापारीलाई व्यापार व्यावसाय गर्न असहज भएको छ । रसुवा जिल्लाभन्दा बाहिरका व्यापारी र चालकलाई केरुङसम्म जाने पहुँच छैन । अहिले भएको सहमतिले अन्तर्राष्ट्रिय व्यापार प्रवर्द्धनमा सहयोग पुग्ने विश्वास गरिएको छ । रसुवा जिल्लाका नागरिकले भने एक वर्षका लागि नेपाल चीन आगमन प्रस्थान अनुमति पत्र (चाइना पास) पाउने व्यवस्था रहेको छ ।


बैठकमा नेपालको तर्फबाट रसुवा जिल्लाका प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेललगायत सुरक्षा अधिकारी तथा चिनियाँ पक्षबाट जनवादी गणतन्त्र चीनको केरुङस्थित फ्रन्टायर इन्स्पेक्सन स्टेशनका मेजर केर्नेल गाओ हुइहाइसहित सुरक्षा अधिकारीहरुको सहभागिता थियो । रसुवागढी नाका सञ्चालनमा आएसँगै रोजगारिका लागि केरुङ जाने व्यापारी, व्यावसायी र चालक बढ्दै गएका छन् । जिल्ला बाहिरका नागरिकलाई एक दिने पासको व्यवस्था नहुँदा केरुङसम्म सवारी पुर्‍याउने तथा ल्याउने काम रसुवाका चालकले गर्दै आएका थिए ।

प्रकाशित : पुस २५, २०७५ १४:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?